मतदातालाई कुर्सी बांडिएको घटना तत्काल छानबिन गर्न आयोगलाई लोकतान्त्रिक वाम गठबन्धनको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २४ गते १२:२६
मतदातालाई कुर्सी बांडिएको घटना तत्काल छानबिन गर्न आयोगलाई लोकतान्त्रिक वाम गठबन्धनको आग्रह

कावासोती । नवलपुरको बौदीकालीमा मतदाता लाई प्रभावित पार्न कुर्सी बाडिएको भिडियो सार्वजनिक भए पछि तत्काल घटनाको छानबिन गर्न लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीले निर्वाचन आयोगको ध्यानार्कषण गराएको छ ।

गठबन्धनका तर्फबाट लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीका संयोजक एवं नेपाली कांग्रेस बौदीकालीका सभापति केबि राना र नेकपा माओवादी केन्द्र बौदीकालीका अध्यक्ष टोपलाल रुचालले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्दै कार्वाही गर्न माग गरेका छन ।

लोकतान्त्रिक वाम गठबन्धनले निकालेको प्रेस विज्ञप्तिमा “एमाले उमेदवारहरुले बौदीकाली गाउँपालिकाका मतदाताहरुलाई निर्वाचन आचार संहिता विपरित विभिन्न प्रलोभनमा पारि २०७९ कार्तिक २२ गते राती बौदीकाली वडा नं. ४ मा कूर्ची सहित जिन्सी सामाग्रीहरु वितरण गरेको सार्वजनिक भएका भिडियो समाचारहरुप्रति लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीको गम्भिर ध्यानाकर्षण भएको छ ।”, “यसखाले गतिविधिले स्वतन्त्र निर्वाचन सम्भव छैन । तसर्थ निर्वाचन आचार संहिता विपरित कार्य गर्ने उमेदवारहरु प्रति घोर भत्सना गर्दै यो घटनाको तत्काल छानविन गरि कारवाहीको दायरामा ल्याउन लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछ ।” भनिएको छ ।

साथै लोकतान्त्रिक वाम गठबन्धनले निकालेको विज्ञप्तिमा सोही दिन एमालले आयोजना गरेको रात्री भोजमा गएर फर्किएका बौदीकाली ४ बस्ने ६७ वर्षीय धन बहादुर सोतीको आफ्नै घरमा झुण्डिएको अवस्थामा शंकास्पद निधनप्रति ध्यानाकर्षण भएको जनाउदै घटनाको सूक्ष्म अध्ययन गरि दोषी उपर कड़ा कारवाहीको माग गरिएको छ ।

कार्तिक २२ गते राति एमाले कार्यकर्ताहरुले बादीकाली ४ मा मतदाता प्रभावित पार्न कुर्सी वितरण गरिएको समाचार ग्यालेक्सी फोर के टेलिभिजन लगाएतका राष्ट्रिय तथा स्थानिय सन्चार माध्यमले प्रसारण गरे पछि घटना बाहिर आएको हो । यस विषयमा नेकपा एमालेले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित : २०७९ कार्तिक २४ गते १२:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI