No ads found for this position

४० वर्ष सम्म लालपुर्जा कै आश्वासन

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २४ गते १७:००
No ads found for this position
४० वर्ष सम्म लालपुर्जा कै आश्वासन
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको कावासोती १५ का दानेश्वर माझी माछा मार्नका लागि नयां जाल बुन्न ब्यस्त छन् । माछा मारेर दैनिक गुजारा चलाउने माझीलाई चुनाव नजिकै आएको पत्तो भएपनि यस वर्ष कुनै पनि राजनितिक दलको कार्यक्रममा सहभागी भएका छैनन् । अहिले सम्म चार वटा निर्वाचनमा मतदान गरीसकेका माझीलाई नेता र उम्मेदवारले दिएको आश्वासन पुरा भएको छैन् । त्यसैले अहिलेको चुनावमा उनलाई खासै चासो लागेको छैन् । २०३५ साल देखि बसोबास गरेको जग्गाको लालपुर्जा दिने नेता र जनप्रतिनिधीको ४० वर्ष देखिको आश्वासन कहीले पुरा हुने हो उनलाई पत्तो छैन् । जग्गााको पुर्जा भएमा सानो तिनो भएपनि ब्यवसाय गर्ने सोचमा रहेका उनीसंग आर्थिक स्रोत छैन् । त्यसैले दिनहु नरायणी र गुन्द्रही खोलामा माछा मारेर जिविकोपार्जन चलाउनु परेको पीडा छ ।

 

‘४० वर्ष देखि पुर्जा दिन्छु भनेर भोट मागेको छन् । चुनाव जितेपछि अनेकौ बहाना बनाउछन् । अहिले फेरी लालपुर्जा दिन्छौ भन्दै भोट माग्न आएका छन् ।’उनले भने,‘ अब कसैको कुरामा विश्वास लागेको छैन् । जसले पुर्जा दिने लिखित कागज गर्दछ , हामी बोटे , माझी मुसहर सबैले सोही ब्यक्तिलाई भोट हाल्ने हो । अब पार्टी होईन ब्यक्ति हेरेर भोट दिने हो ।’ यस क्षेत्रबाट लगातार कम्युनिष्ट पार्टीका उम्मेदवारले चुनाव जित्दै आएका छन् ।

 

कावासोती १५ बोटे बस्ति कै ३१ वर्षीय सिखाराम माझी विदेश जाने सोचंमा छन् । तर ,लालपुर्जा नहुदा बैक र सहकारीले ऋण नदिएपछि गाउंघरमा नै मजदुरी गरेर दिनचर्या काटीरहेका छन् । करिब १० कठ्ठा जग्गा उनीहरुले वर्षौ देखि खेती गर्दै आएका छन् । जंगलको नजिकै भएकाले लगाएको खेती जंगली जनावरले खाने नष्ट गरीदिन्छ । जसोतसो गरेर बाकिं रहेको खेतीले वर्षभरी खान पुग्दैन् । ‘आफ्नो जग्गाको प्रमाण नहुदा बेरोजगारी भएर बस्नु परेको छ । बुवाको पालामा नै पाउनुपर्ने पुर्जा अहिले पनि पाएका छैनौ ।’उनले भने,‘टो आश्वासन दिएर हामी गरिबको भोट लिने र त्यसपछि एक्कासी चुनावमा मात्र फर्कीएर आउने प्रचलन बन्द हुनुपर्दछ । गाउंमा एक दिन आएर भोज गरेर भोट दिने प्रचलन अब हामीबाटै बन्द गर्नुपर्दछ ।’

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो बस्तिमा वर्षेनी डुबानको समस्या छ । जंगल जनिकै रहेको बस्तिमा गैडा , बदेल , हरिण लगाएतका जंगली जनावरले मानिस तथा खेतीमा वर्षेनी आक्रमण गर्ने र क्षती पुर्याउने गरेको छ । तर , पनि अहिले सम्म यो समस्या हटेको छैन् । चुनावमा मात्र नेता यो बस्तिमा पस्ने गर्दछन् । अन्य समयमा यहांको समस्या र पिरमर्का सुन्ने बुक्ष्ने कोही छैन् । गरिबीको कारण कलिलो उमेरमा विवाह गर्ने र अध्ययन बीचमा नै छोड्नुपर्ने बाध्यतामा यस क्षेत्रका स्थानीय छन् । ‘गरिबी र चेतनाको कमीको कारण यो बस्तिमा कलिदै उमेरमा विवाह गर्ने र यो बस्तिको मुख्य समस्या भोगचलन गरेको जग्गाको पुर्जा नपाउदा सुकुम्बासी हुनुपरेको पीडा छ ।’भुमिअधिकारकर्मी सन्त बहादुर माझीले भने,‘हामी जिल्ला देखि केन्द्रका नेता सम्म पुगिसकेका छौ । तर ,पनि अहिले सम्म आश्वासन बाहेक केही पाएका छैनौ ।’ प्रदेशर प्रतिनिधीसभाका राजनितिक दलका उम्मेदवार र स्वतन्त्र उम्मदेवार अहलिे पनि यो बस्तिमा लालपुर्जा र गरीबी उन्मुलनको नारा लिएर घरदैलौ गर्दैछन् । पुर्वी नवलपरासीमा मात्र करिब १५ हजार भुमिहिन र अब्यवस्थित बसोबासी छन् ।

प्रकाशित : २०७९ कार्तिक २४ गते १७:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI