कावासोती बाट ८३ जना युवाहरु नेपाली कांग्रेस प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २५ गते १२:२०
कावासोती बाट ८३ जना युवाहरु नेपाली कांग्रेस प्रवेश

कावासोती । नेकपा एमाले सहित विभिन्नदलहरु परित्याग गरेर ८३ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

कावासोती नगरपालिका वडा नं १३ बाट नेकपा एमाले सहित अन्यदलहरु त्यागेर ८३ जना युवाहरु नेपाली कांग्रेस प्रवेश गरेका नेपाली कांग्रेस कावासोतीका नगर सचिब विनोद राना मगरले जानकारी दिए ।

नेपाली कांग्रेस प्रवेश गने युवाहरुलाई नवलपुर प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार डा. शशांक कोईरालाले नेपाली कांग्रेसमा स्वागत गरेका हुन । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले मसिंर ४ को निर्वाचन पछि नवलपुरमा विकास र समृद्धिको लहर सुरु हुने बताएका छन । “विगतमा काम नभएको होइन, क्षेत्रमा साना योजनामा धेरै बजेट परेको छ अब ठुला योजनाहरुले निरन्तरता पाउछन, नवलपुर बनाउने जिम्मा मेरो हो ।”, कोइरालाले भने ।

कार्यक्रममा समानुपातिक उम्मेदवारहरु विना थनेत, लोकप्रसाद भुर्तेल, एकनारायण अधिकारी, कांगेस नेताहरु ओमकला गौतम, क्षेत्रिय सभापति अमृत भट्टचन लगाएतकाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २०७९ कार्तिक २५ गते १२:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI