कालीगण्डकी सभ्यता मास्ने डाईभर्सन हुन दिदैनौं : कांग्रेस उम्मेदवारहरु

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २५ गते २१:२७
कालीगण्डकी सभ्यता मास्ने डाईभर्सन हुन दिदैनौं : कांग्रेस उम्मेदवारहरु

नवलपुर । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बीच पेचिलो बन्दै गएको कालीगण्डकी डाइभर्सनको मुद्दा निर्वाचनका बेला पुनः उत्कर्षमा पुगेको छ ।

तत्कालीन अवस्थामा एमालेको सरकारले कालीगण्डकी डाइभर्सनको योजना अगाडी सारे लगत्तै गण्डकी प्रदेश तथा कालीगण्डकी आसपास बाट व्यापक बिरोधि भएपछि तत्कालीन एमालेको सरकारले आफ्नै राजनैतिक दल भित्रका लाई विभिन्न संगठन बनाएर डाइभर्सनको बिरोध गर्न लगाएको थियो । पछि गएर बिरोध पक्षसंग वार्ता गर्दा आफ्नै संगठनका साथीहरू धेरै भएपछि बिरोधसंगको वार्ता गर्न सहज हुने रणनीति तत्कालीनको नेकपा एमालेको सरकारले चालेको जानकारहरु बताउछन् ।

 

दुई दुई पटकको संसद विघटन पछि सत्ता बाहिर पुग्न गएको नेकपा एमालेले निर्वाचनको बेला पुन कालीगण्डकी डाइभर्सनको मुद्दा अगाडि सारेको छ । कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन गराइछाड्ने अडान लिएको नेकपा एमालेको यो अडानले गण्डकी प्रदेशमा नेकपा एमालेबाट उम्मेदवार बनेकाहरुलाई भने यहीँ मुद्दाका कारण चुनाव जित्न निकै अप्ठ्यारो हुने देखिन्छ ।

गण्डकी प्रदेशका जनता कुनैपनी हालतमा कालीगण्डकी ड्राइभर्सन हुन नदिने पक्षमा रहेका बेला रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष समेत रहेका बिष्णु पौडेलले कुनैपनी हालत कालीगण्डकी डाइभर्सन गर्ने भन्दै घोषणा पत्र नै सार्वजनिक गरेपछि यो बिषयले नेकपा एमाले गण्डकी प्रदेशका उम्मेदवारलाई निर्वाचन जित्न निकै अप्ठ्यारो हुने आकलन हुन थालेको छ ।

कालीगण्डकी केन्द्रित बनेको नेकपा एमालेको राजनितिले लुम्बिनी प्रदेशका उम्मेदवारलाई फाइदा हुने भएपनी गण्डकी प्रदेशका उम्मेदवारलाई भने प्रत्यक्ष असर पर्ने देखिन्छ ।

कालीगण्डकी ड्राइभर्सनको प्रभावित क्षेत्र रहेको नवलपुरमा यो मुद्दा अझ पेचिलो बनेको पाइन्छ । कुनैपनि हालतमा कालीगण्डकी डाइभर्सन दिन हुन्न कांग्रेस उम्मेदवारहरुले भनिरहदा  नवलपुरमा यतिबेला नेकपा एमालेको तर्फबाट एमाले कृष्ण पौडेल र र तिलक महत निर्वाचन लड्दै छन् ।

कालीगण्डकी डाईभर्सनको विषयमा गण्डकी प्रदेश सरकारको नेतृत्व गरेको कांग्रेसले कालीगण्डकी सभ्यता समाप्त पार्ने उद्देश्यले अगाडि बढाउन खोजिएको डाइभर्सन अगाडि बढाए चुप लागेर नबस्ने त्यो बेलानै बताएको थियो भने कांग्रेस बाट नवलपुरमा उम्मेदवार बनेका डाक्टर शशांक कोइराला र विष्णुकुमार कार्कीले कालीगण्डकी सभ्यता मास्ने डाईभर्सन कुनै हालतमा हुन नदिने बताउदै आएका छ्न ।

कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन दिदैनौ भन्ने पक्षमा नवलपुरका जनताका बीच कांग्रेसका उम्मेदवारहरु छन भने कालीगण्डकी डाइभर्सनको एजेन्डा आफ्नै नेता विष्णु पौडेलले घोषणापत्रमा उल्लेख गरे पछि एमाले उम्मेदवारहरुले यो विषयमा आफ्नो धारणा व्यक्त गरेका छैन्न ।

 

प्रकाशित : २०७९ कार्तिक २५ गते २१:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI