विकासका लागि राजनीतिमा आएको हुँः विनोद चौधरी

Aashish Regmi
प्रकाशित : २०७९ कार्तिक २९ गते ११:५७
विकासका लागि राजनीतिमा आएको हुँः विनोद चौधरी
नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार विनोद चौधरी

कावासोती । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विकासका लागि राजनीतिमा आएको बताएका छन् । चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिव्रता दिँदै आएका उनले यस्तो बताएका हुन् ।

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले विकासका लागि आफ्नो जित आवश्यक रहेको पनि बताए ।

चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए । उनले मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको दाबी गरे ।  काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेका छन् ।

प्रकाशित : २०७९ कार्तिक २९ गते ११:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI