हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २९ गते १४:४६
हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो

जेरूसलेम- इजरायली पुरातत्वविद्हरूले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हाइफानगरस्थित उषा पुरातात्विक स्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ ।

उमायद खलीफा राजवंशको मुसलमान शासनकाल सातौँ शताब्दीदेखि १३ औँ शताब्दीसम्म प्राचीन इजरायलमा त्यस्ता खेलौना लोकप्रिय रहेका प्राधिकरणले बताएको छ । मुसलमान अवधिको उत्तरार्द्धमा निर्मित खेलौनामाथि देशका केही भागमा त्यतिबेला नै धार्मिक कारणले प्रतिबन्ध लगाइएको थियो ।

मुसलमान शासनकालमा गाई, ऊँट, बाख्रा वा भेडाका खुट्टाका हाडबाट बनाइन्थ्यो । पुरातत्वविद्ले फेला पारेको उक्त गुडिया कुन जनावरको हो भन्नेबारेमा प्राथिकरणले केही बताएको छैन । प्राधिकरणका अनुसार उक्त कालमा खेलौना आमोदप्रमोदका निम्ति मात्र नभइ शैक्षिक सामग्रीका रूपमा पनि बनाइन्थ्यो । सिन्ह्वा

प्रकाशित : २०७९ कार्तिक २९ गते १४:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI