एमालेबाट निर्वाचित मध्यविन्दुका वडा सदस्य खाद्यान्न र मदिरा सहित पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर ३ गते १९:०५
एमालेबाट निर्वाचित मध्यविन्दुका वडा सदस्य खाद्यान्न र मदिरा सहित पक्राउ
कावासोती ।
नवलपुर क्षेत्र नं २ को मध्यविन्दु नगरपालिका वडा नम्बर १३ मा मौन अवधिमा एमालेले मतदातालाई प्रभावित पार्न बाड्न लैजादै गरेको मदिरा र खाद्यान्न प्रहरीले पक्राउ गरेको छ ।
मध्यबिन्दु नगरपालिकाका जनप्रतिनिधि एवम नेकपा एमालेका नेता देबिराम मगरलाई लु १ ज ४५४८ र लु ३ ज १२६३ नम्बरको दुईवटा पिकअप गाडी सहित पक्राउ गरेको श्रोतले जानकारी दिएको हो ।
मगरले मध्यबिन्दु नगरपालिका वडा नम्बर १४ का मतदातालाई प्रभावित पार्न मदिरा र खाध्यान्न सामाग्री बितरण गर्न लैजादै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
मगरलाई गाडीमा खाध्यान्न र ५ कार्टुन मदिरा सहित मध्यविन्दु १३ मा पक्राउ गरिएको हो । मगर मध्यबिन्दु नगरपालिका वडा नम्बर १४ का वडा सदस्य हुन ।
प्रकाशित : २०७९ मंसिर ३ गते १९:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI