No ads found for this position

नवलपुर-२ को दुवै प्रदेश सभा सदस्यमा एमाले विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर ७ गते ९:२४
No ads found for this position
नवलपुर-२ को दुवै प्रदेश सभा सदस्यमा एमाले विजयी
No ads found for this position

कावासोती । नवलपुर  क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । निर्वाचन अधिकृत कमलराज पन्थीले दिएको जानकारी अनुसार क्षेत्र नम्बर २ (१) र २ मा क्रमश: एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।

प्रदेश १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३ सय ७८ ल्याएर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए ।यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।

त्यसैगरी प्रदेश २ मा एमालेका लक्ष्मण पाण्डे भारी मतान्तरले विजयी भएका छन् । उनले १८ हजार ८ सय ६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत पाएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को १ मा एमालेका रोशन गाहा मगर पनि विजयनजिक देखिएको बताए । पूर्वी नवलपरासीका सबै स्थानमा गठबन्धनका दल र एमालेबीच प्रतिस्पर्धा छ ।

प्रकाशित : २०७९ मंसिर ७ गते ९:२४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI