कांग्रेस सभापति जिसी प्रदेश सभा सदस्यमा निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर ७ गते २१:२१
कांग्रेस सभापति जिसी प्रदेश सभा सदस्यमा निर्वाचित

कावासोती । गण्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार मानिएका नेपाली कांग्रेस पुर्वी नवलपरासीका सभापति महेन्द्रध्वज जि.सि. गण्डकी प्रदेशसभामा निर्वाचित भएका छन । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका हुन ।

२०७४ सालको निर्वाचनमा पनि कांग्रेस विजयी भएको यो क्षेत्रमा कांग्रेस जिल्ला सभापति समेत रहेका महेन्द्र ध्वज जिसीले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रिय सदस्य रबिन्द्र अधिकारीले १३ हजार ९ सय ७ मत प्राप्त गरेका छन । पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१(१)मा ६३ हजार ५ सय ३५ मतदाता रहेका थिए भने जम्मा खसेको मत ४१ हजार ७ सय ४२ रहेको थियो ।

यस अघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेश सभामा क्रमशः एमालेका पदमा जिसि र लक्ष्मण बहादुर पाण्डे निर्वाचित भएका छ्न भने प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ र दुई तथा प्रदेश सभा १ को १ मा गणना जारी छ ।

प्रकाशित : २०७९ मंसिर ७ गते २१:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI