नवलपुरमा ५२ जना उम्मेदवारको जमानत जफत

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १३ गते १९:३८
नवलपुरमा ५२ जना उम्मेदवारको जमानत जफत

कावासोती । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नवलपुरका ५२ जना उम्मेदवारको जमानत जफत भएको छ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकाले प्रतिनिधिसभा तर्फ २२ जना र प्रदेशसभातर्फ ३० उम्मेदवारको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार जमानत जफत भएको हो ।

क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फका १५ जना उम्मेदवार मध्ये १२ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातान्त्र पार्टीका डा. मोहनीलाल भुसाल, राष्ट्रिय जनमुक्ती पार्टीका टुकबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमछिरी शेर्पा, हाम्रो नेपाली पार्टीका तुलसीराम भुसाल, नेपालका लागि नेपाली पार्टीका रुक्मागत चापागाईं, जसपाका भुमबहादुर राई, नागरिक उनमुक्ती पार्टीका कमल महतो, स्वतन्त्र उम्मेदवारहरु एकनाथ पोख्रेल, सूर्यप्रसाद सापकोटा, विन्दु भट्टराई, विष्णु भट्ट र चित्रध्वज जिसी रहेका भुसालले जानकारी दिनु भयो । भुसालका अनुसार क्षेत्र नं १ मा कुल खसेको मत ८६ हजार ६ सय ७० मा ८२ हजार ५ सय ६७ मत सदर भएको थियो ।

त्यसै गरि क्षेत्र नं २ को प्रतिनिधी सभा क्षेत्र नं २ तर्फ उम्मेदवारी दिएका १३ जना मध्ये १० जनाको जमानत जफत भएको प्रमुख भुसालले जानकारी दिनु भयो । जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातान्त्र पार्टीका विष्णुप्रसाद अधिकारी, राष्ट्रिय जनमुक्ती पार्टीका सिंहबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनका ज्ञानबहादुर कुमाल, हाम्रो नेपाली पार्टीका जगनाथ पोख्र्रेल नागरिक उनमुक्ती पार्टीका बुद्धिराम थनेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपाने, नेपाल लोकतान्त्रिक पार्टीका अम्मरबहादुर धामी, स्वतन्त्र उम्मेदवारहरु मुक्तिप्रसाद पाण्डे, बालकृष्ण कुँवर जोगी, र रामप्रसाद आचार्य रहेका प्रमुख भुसालले बताउनु भयो । भुसालका अनुसार क्षेत्र नं २ मा कुल खसेको मत ८५ हजार ८८ मा ८१ हजार ६ सय २६ मत सदर भएको थियो ।

 

४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र तर्फ उम्मेदवारी दिएका ४१ जना मध्ये ३० जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख भुसालले बताउनु भयो । क्षेत्र नं १(१)मा उम्मेदवारी दिएका ९ जना मध्ये राष्ट्रिय जनमुक्ती पार्टीका विना आले, मंगोल नेशनल अर्गनाइजेसनका कुमार गुरुङ, जसपाकी अनु बुढाथोकी, नेपाली कांग्रेस बीपीका यमनाथ बस्ताकोटी, हाम्रो नेपाली पार्टीका बद्री काप्री र स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद उपाध्यायको जमानत जफत भएको हो । क्षेत्र नं १(१)मा खसेको मत ४१ हजार ४ सय १ मा ३९ हजार ६ सय ५७ मत सदर भएको थियो ।

त्यसै गरि क्षेत्र नं १(२)मा उम्मेदवारी दिएका ११ मध्ये राष्ट्रिय जनमुक्ती पार्टीका शिवकुमार बुढा, मंगोल नेशनल अर्गनाइजेसनका टमबहादुर थापा मगर, नेपाली कांग्रेस बीपीका गणेशप्रसाद पोख्रेल, नेपालका लागी नेपाली पार्टीका खिमबहादुर सुनार, जसपाका छविलाल मगर, नागरिक उनमुक्ती पार्टीका खनसाराम महतो र स्वतन्त्र उम्मेदवारहरु ईश्वर जंग थापा मगर र चोक नारायण काफ्लेको जमानत जफत भएको हो ।

क्षेत्र नं १(२)मा खसेको मत ४५ हजार १ सय २९ मा ४३ हजार ३ सय ५२ मत सदर भएको थियो ।
प्रदेश सभा तर्फनै क्षेत्र नं २(१)मा उम्मेदवारी दिएका उम्मेदवारी दिएका ११ जना मध्ये ९ जनाको जमानत जफत भएको छ । यो क्षेत्रमा राप्रपाका नुनबहादुर आले मगर, राष्ट्रिय जनमुक्ती पार्टीका थामबहादुर गाहा, मंगोल नेशनल अर्गनाइजेसनका हर्कबहादुर डिसुवा मगर, हाम्रो नेपाली पार्टीका यदुनाथ सिग्देल, मौलिक जरो किलो पार्टीका लक्ष्मीकान्त रिमाल, जसपाकी निकिता श्रेष्ठ, नेपाली कांग्रेस बीपीका हेमराज गरौ, स्वतन्त्र उम्मेदवारहरु प्रेम नारायण पाण्डे योग मल्ल ठकुरीको जमानत जफत भएको हो । यो क्षेत्रमा कुल खसेको मत४२ हजार ५ सय ९० मा ४१ हजार २ सय ५४ मत सदर भएको हो

त्यसै गरि क्षेत्र नं २(२)मा उम्मेदवारी दिएका १० जना मध्ये राष्ट्रिय जनमुक्ती पार्टीका मोहन सिंह थापा बाकवल, मंगोल नेशनल अर्गनाइजेसनका लालबहादुर गुरुङ, नेपाली कांग्रेस बीपीका रामचन्द्र भण्डारी, नागरिक उनमुक्ती पार्टीका युवराज कुमाल, स्वतन्त्र उम्मेदवारहरु दामोदर न्यौपाने, सुरेश कुमाल र रोशन केसीको जमानत जफत भएको प्रमुख भुसालले जानकारी दिनु भयो । यो क्षेत्रमा कुल खसेको मत४२ हजार ४ सय ९६ मा ४१ हजार २ सय ८२ मत सदर भएको हो ।

प्रकाशित : २०७९ मंसिर १३ गते १९:३८
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI