नवशिशुलाई किन छ, ‘मायाको अँगालो’ आवश्यक ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १४ गते ७:३५
नवशिशुलाई किन छ, ‘मायाको अँगालो’ आवश्यक ?

नेपालमा वर्षेनी ८ लाख बढी शिशु जन्मिन्छन् । जसमा ४ हजार ३ सय अवधि नपुगी जन्मेका शिशुको ५ वर्ष नपुग्दै मृत्यु हुन्छ । गर्भावस्थाको ३७ हप्ता पूरा हुनुअघि जन्मिएका नवशिशुको जन्मलाई अवधि नपुगी जन्मनु वा ‘प्रिटर्स बर्थ’ भनिन्छ । अवधि नपुगी जन्मिएका नवशिशुलाई मायाको अँगालोबाट बचाउन सकिने बालरोग विशेषज्ञहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनबाट यो मायाको अँगालो विधि मान्यताप्राप्त गुणस्तर प्रमाणित विधि हो ।    यसरी कम तौल र अवधि नपुगी जन्मिएका नवशिशुलाई न्यानो बनाएर नराख्दा उनीहरुको शरीर तात्दैन । त्यसैले, मायाको अँगालोको आवश्यकता पर्ने नेपाल बाल चिकित्सा समाजका अध्यक्ष डा गणेशकुमार राई बताउँछन् ।विश्वमा प्रत्येक वर्षमा करिब १० लाख बालबालिका अवधि नपुगिकन जन्मिएका कारण मृत्यु हुने गर्छ । जन्म अवधि नपुगी जन्मिएर बाँचेका बालबालिकाहरु पनि प्रायः अपाङ्गता भेटिएको पाइएको छ ।

स्याहार गर्दा बच्चालाई न्यानो बनाइदिन्छ । त्यस्तै स्तनपानको सहयोग र सङ्क्रमणको उपचार गरिएमा संक्रमण हुन नदिई मृत्युबाट बचाउन सकिन्छ ।

उता, प्रसूति गृह अस्पतालका बालरोग विशेषज्ञ डा. मेघा मिश्र बजाचार्यका अनुसार अवधि नपुगी जन्मिएका नवजात शिशुहरु कम तौल हुनाले उनीहरुलाई सघन उपचारको साथसाथै विशेष किसिमको हेरचाह आवश्यक पर्छ ।

गर्भवती महिलामा आइरन, क्याल्सियम लगायतका पोषण तत्व कमी हुन नदिने, जुकाको संक्रमण हुन नदिने, धुम्रपान, मद्यपान, सेवन नगर्ने र आराम गर्ने व्यवस्था मिलाएमा अवधि नपुगी जन्मने दर घटाउन सकिने चिकित्सकहरुको भनाइ छ । रातो पाटी बाट

प्रकाशित : २०७९ मंसिर १४ गते ७:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI