हुप्सेकोटमा जिप दुर्घटना १० जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १५ गते १९:५०
हुप्सेकोटमा जिप दुर्घटना १० जना घाईते

कावासोती- पुर्वी नवलपरासीको हुप्सेकोट गाँउपालिका – ५ स्थित कान्छि पानी भित्री सडक खण्डमा  जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन । दलदलेबाट डेडगाउँ जादै गर्दा ग.प्र ०४ ००१ च ०००६ नं.को बोलेरो जिप सडकबाट करिब १५० मिटर तल खसेर धोबादीको कान्छी पानी नजिकै दुर्घटनामा परेको हो ।

घाइते मध्य २ जना बेहोस अवस्थामै रहेका, २ जना गम्भीर घाईते भएका तथा ६ जना मध्यम घाइते रहेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । घाइतेहरुको उद्धार भएको र उपचारका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ । उनिहरुको पहिचान खुलेको छैन ।

प्रकाशित : २०७९ मंसिर १५ गते १९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI