No ads found for this position

विश्व कप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १६ गते ९:५७
No ads found for this position
विश्व कप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दै
No ads found for this position

नवलपुर । विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ ।

नामिबियामा हिजोदेखि सुरु भएको शृङ्खलामा नेपालले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल विन्डहोकमा नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।

यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।

नेपालले पर्सि आइतवार स्कटल्यान्डसँग, २१ गते बुधवार फेरि नामिबियासँग र २२ गते बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । ७ वटा देश सहभागी लिग २ को शीर्ष तीन देश विश्व कप छनोटमा पुग्नेछन् भने शीर्ष ५ देशले एक दिवसीय मान्यता कायम गर्नेछन् ।

नेपाल २० खेलमा १७ अङ्कका साथ छैटाैँ स्थानमा छ । नेपालले १६ वटा खेल खेल्न बाँकी छ । बाँकीमध्ये १० वटा खेल जितेमा शीर्ष ५ मा पर्ने सम्भावना छ ।

प्रकाशित : २०७९ मंसिर १६ गते ९:५७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI