सम्भोगको लत के हो ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २५ गते १२:१७

कावासोती । सम्भोग आममानिस वा पशुपन्छीको लागि अत्यावश्यक कुरा हो । सम्भोगको तीव्र इच्छालाई दमन गर्ने हो भने यसले यौन गतिविधिमा नै सोच सीमित गर्न पुग्दा यसको सिधा असर अरु काममा समेत पर्न सक्छ । जसको यौन जीवन सामान्य हुन्छ, उनीहरुमा समेत यस्तो समस्या हुन सक्छ । यस्ता व्यक्ति यौन गतिविधि र कल्पनाहरुबाटै उत्तेजना महसुस गर्ने गर्छन् । तर यो कुरालाई स्वीकार भने गर्दैनन् ।

 

यौनको लतको लक्षण

मनोचिकित्सकीय रुपले यौनको लत धुम्रपान वा रक्सीको लतको जस्तो हुन्छ । जसमा दिमागको एक विशेष हिस्साको कार्य गर्दछ । यौनको लत लागेका मान्छे कतिपय अन्य तरहका यौन गतिविधिहरूको पनि सुरुवात हुने गर्छ । यस स्थितिमा पुगेका मान्छेहरूले यौन सन्तुष्टिलाई भन्दा पनि यौन गतिविधिलाई मात्रै केन्द्रमा राख्ने गरिन्छ ।

यौन लतमा लागेका मान्छेको गतिविधि यस्तो हुन सक्छ

–हस्तमैथुनको लत लाग्नु

–धेरै मान्छेसँग यौन सम्पर्क राख्नु वा जोसँग पायो उसैसँग यौन सम्पर्क राख्नु

–अश्लील साहित्य पढ्नु

–असुरक्षित यौन सम्पर्क राख्नु

–यौनकर्मीकहाँ जानु वा वेश्यावृत्तिमा लाग्नु

–कोही मान्छे अरुले यौन सम्पर्क राखेको देखेर मात्रै पनि आनन्द लिने स्वभावका हुन्छन्

यौन सम्पर्कको लतको क्रममा गरिने व्यवहार

–यौन गतिविधिमा संलग्न हुने साथीको इच्छाको कुनै सम्मान नगर्नु

–त्यसता व्यक्तिलाई भावनात्मक रूपले कुनै सन्तुष्टि मिल्दैन

–मान्छेलाई आफूप्रति आकर्षित गर्ने र नयाँ व्यक्तिका साथ रमाइलो गर्ने बानी

–यस्ता कुरा गर्दा लज्जा महसुस गर्नु

–यस स्थितिमा वित्तीय, चिकित्सकीय र सामाजिक दुष्परिणामलाई जान्नुका बाबजुद उत्तेजनालाई नियन्त्रण गर्नु

–तीव्र यौन आकांक्षालाई रोक्न असमर्थ हुनु

–इच्छाभन्दा धेरै समयसम्म यौन गतिविधिमा संलग्न हुनु

–यस लतलाई रोक्ने, कम गर्ने र नियन्त्रित गर्नको लागि कैयौं प्रयासहरू गर्र्नु ।

–यौन लतका कारण सामाजिक मनोरञ्जक गतिविधिहरू र अन्य कार्यबाट टाढा हुनु ।

–यौन सम्बन्धी लतबाट उत्पन्न हुने विकारमा व्यक्ति चिन्तित, अशान्त र यौन गतिविधि नगर्ने हो भने मान्छे हिंसात्मक पनि हुन सक्छ ।

यौन तलको कारण

यौन लत निम्न कारणले हुन सक्छ ।

–मस्तिष्कको प्राकृतिक केमिकलमा असन्तुलन हुनु

–मस्तिष्कमा केही रसायन जस्तो सेरोटोनिन, डोपेमाइन र नोरएपिनेफ्रीनले हाम्रो मुडलाई नियन्त्रण गर्ने गर्छ । यसको उच्चस्तर सेक्सको लतसँग सम्बन्धित हुन्छ ।

–मस्तिष्कको तन्त्रिका मार्गमा बदलाव हुनु

–समयको साथ मस्तिष्कको तन्त्रिका तन्त्रमा हुनेवाला बदलावका कारण यौनको लत सुरु हुन सक्छ । यसमा मुख्य रुपले मस्तिष्कलाई पोषण प्रदान गर्नेवाला केन्द्रीय हिस्सा प्रभावित हुन्छ । अन्य खराब लत जस्तै यौन लतमा समेत व्यक्तिलाई समयका साथ सन्तुष्टि या राहत पाउनको लागि अधिक यौन गतिविधि गर्ने इच्छा हुन्छ ।

–तपाईंको मस्तिष्कलाई प्रभावित गराउने स्थिति

–मिर्गी वा डिमेन्सिया जस्ता केही रोगका कारण मस्तिष्कको विशेष हिस्सामा नोक्सानी पुग्न सक्छ । यसका कारणले यौनको लतको सम्भावना बढ्ने गर्छ । यसका अलावा पार्किन्सन रोगको उपचारमा प्रयोग गर्नेवाला केही डोपेमाइन औषधिका कारण पनि यौनको लत लाग्न सक्छ ।

यौन लतको उपचार

जब व्यक्ति यौन लतमा फस्छ, त्यसपछि विस्तारै उपचार पनि जटिल बन्दै जान्छ । मान्छेले यौन लतलाई आफ्नो व्यवहार र विचारले उचित ठानेपछि विस्तारै यो जटिल बन्दै जान्छ ।

उपचारको वर्तमान विकल्पको उद्देश्य यौन सम्बन्धको अत्यधिक उत्तेजनालाई कम गर्ने र स्वस्थ सम्बन्धलाई बढावा दिने हुन्छ ।

यौन लतको उपचारलाई तल विस्तारमा व्याख्या गरिएको छ

आवासीय उपचार कार्यक्रम

यो कार्यक्रममा व्यक्तिका कैयौ खराब बानीहरू वा त्यससँग सम्बन्धित विकारलाई दूर गर्ने गरिएको छ । यस समयमा व्यक्ति उपचार केन्द्रमा विशेष चिकित्सकको हेरचाह हुन्छ ।

संज्ञानात्मक व्यवहार थेरापी

यो किसिमको थेरापी अनुसार व्यक्तिको व्यवहारलाई बदल्नको लागि कैैयौ तरिका प्रयोग गरिन्छ । सीबीटीको मद्दतबाट व्यक्तिलाई यौनको लतको हानिकारक प्रभावबाट बचाउने गर्छ ।

औषधिको प्रयोग

योन उत्तेजना कम गर्नको लागि केही विशेष किसिमको औषधिको उपायोग गर्ने गरिन्छ ।

यौनको लतबाट कसरी बच्ने

यौनको लतलाई यसरी रोक्न सकिन्छ

–यौनको लतका साथ हुनेवाला अन्य समस्याहरूलाई तत्कालै दूर गरौं ।

यस समस्यालाई पहिचान गर्ने र यसको लक्षणको उपचार तत्काल सुरु भयो भने यो निको हुन्छ । यसमा यौनको लतको लक्षणको उपचार गर्नुले यसको गम्भीरतालाई कम गर्न सकिन्छ ।

मानसिक विकारको उपचार तत्कालै सुरु गरौं

–चिन्ता र अवसादका कारण यौनको लतको गम्भीर स्थिति उत्पन्न हुन सक्छ ।

–मदिरा र नशालु औषधिको लत पहिचान गर्ने र हटाउने

–मदिरा एवं नशालु औषधिहरूको लतबाट मुक्त हुनुपर्छ । यस्ता पेय पदार्थले हामीलाई अन्यकाममा नियन्त्रण राख्दैन र दुःखको कारण सही निर्णय लिन पनि सकिँदैन । यसका कारण गलत किसिमको यौन गतिविधि तर्फ अग्रसर हुन्छ ।

प्रकाशित : २०७९ मंसिर २५ गते १२:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI