नेपाल राष्ट्रिय आधारभुत विद्यालयको ४७औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष १४ गते १८:५०
नेपाल राष्ट्रिय आधारभुत विद्यालयको ४७औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

कावासोती । नेपाल राष्ट्रिय आधारभुत विद्यालयको ४७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह बिहीबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुविर रानाको अध्यक्षता एवं कावासोती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कावासोती -३ मा रहेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल भोजराज दाहालले आफ्ना मातापिताको स्मृतिमा एक लाख रुपिया बराबरको स्व. देविलाल-रमा दाहाल स्मृति छात्रवृत्ति अक्षयकोष विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।

दाहाल यो सहित कावासोती नगरपालिका भित्रका २१ वटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना घोषणा गर्नु भएको छ भने बाकी रहेका नगरभित्रका सामुदायिक विद्यालयमा समेत अक्षयकोष स्थापना गर्ने समेत घोषणा गर्नु भएको छ । यसै बिच विद्यालयको वार्षिकोत्सब समारोहमा विद्यालयले अक्षयकोष स्थापनाकर्ता दाहाललाई सम्मान गरेको छ ।

यसै गरि कार्यक्रम विद्यालयमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ भने पुर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको हो ।

विद्यालयका प्र अ ठाकुरप्रसाद पंगेनीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा विभिन्न, जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, पुर्व प्रधानाध्यापक, विव्यस र शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष तथा सदस्यहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती सहित विज्ञान प्रदर्शनीमा सहभागी भएका थिए ।

प्रकाशित : २०७९ पुष १४ गते १८:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI