कावासोती खानेपानीको अध्यक्षमा दीपकराज लम्साल निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष १७ गते ११:२८
कावासोती खानेपानीको अध्यक्षमा दीपकराज लम्साल निर्वाचित

कावासोती-कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको  अध्यक्षमा दीपकराज लम्साल निर्वाचित भएका छन् । नवौं अधिबेशनमा मतदान प्रक्रियामार्फत नयाँ नेतृत्व चयन भएको हो । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र खानेपानी संस्थाको सेवाक्षेभित्र पर्ने ६ वटा वडाबाट वडा प्रतिनिधि ६ जना तथा दलित र जनजातिबाट १–१ जना सहित ११ सदस्यीय सञ्चालक समिति र एक लेखा संयोजक, खुल्ला सदस्य र महिला सदस्य सहित ३ सदस्यीय लेखा समितिमा भएको निर्वाचनमा अधिकांश लम्साल प्यानलका उम्मेदवार विजयी भएका छन् ।

संस्थाको उपाध्यक्षमा विन्दु ढकाल पराजुली, सचिवमा ज्ञानेन्द्र न्यौपाने निर्वाचित भएका छन् । यस्तै, वडा नं. २ मा आत्माराम चापागाई , ३ मा विनय अधिकारी, ५ मा प्रकाश भण्डारी, ६ मा निमप्रसाद पाण्डे, ८ मा विष्णुप्रसाद पोख्रेल र ९ मा चण्डीकाप्रसाद भण्डारी निर्वाचित भएका छन् भने जनजाति महिला सदस्यतर्फ मिना कुमारी राना, दलित महिला सदस्य विर्सना सुनार विजयी भएका छन् ।

लेखा संयोजकमा दिपेन्द्र न्यौपाने, सदस्यमा यात्माराम न्यौपाने र नारायणी न्यौपाने निर्वाचित भएका छन् ।

खानेपानी संस्थाको निर्वाचनमा एमालेका लम्साल र काँग्रेसका शिवप्रसाद भटराईको नेतृत्वमा प्यानल निर्वाचनमा होमिएको थियो । यसपटक खानेपानी निर्वाचनमा एकातिर एमाले, माओवादी केन्द्र, राप्रपा र नेसपाको गठबन्धन बनेको थियो भने अर्कातर्फ नेपाली काँग्रेस र रास्वपाबीचको गठबन्धन थियो ।

निर्वाचनमार्फत संस्थाको नवौं सञ्चालक समितिमा काँग्रेसबाट ३ जना सदस्य निर्वाचित भएका छन् । काँग्रेसबाट वडा नं. २, ६ र ८ का वडा प्रतिनिधि सदस्य निर्वाचित भएका हुन् ।

प्रकाशित : २०७९ पुष १७ गते ११:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI