गैडाकोटको किसान वचतमा चोरी

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष १९ गते १०:३८
गैडाकोटको किसान वचतमा चोरी

कावासोती :  नवलपुरको गैडाकोट १० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ । सहकारीको सटर फोडी कार्यालयाको सेफमा रहेको रु ५ लाख ९१ हजार नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पूनवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनु भयो ।

तीन जनाको संख्यामा रहेका चोरहरुको समुहले साकोसको सटरकोठा फोडेर नगद चोरी गरेर लगेको साकोस भवन सँगै रहेको मुकुन्द सेन दुध संकलन केन्द्रमा काम गर्ने कृष्ण पाण्डेले खबर गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाको समुहमा आएका चोरहरुले दुध संकलन केन्द्रमा काम गर्ने पाण्डेको मुख र आँखामा पट्टी बाँधेर मारिदिने धम्की दिएको समेत प्रहरीलाई प्रारम्भिक बयानमा बताएका छन । चोरहरुले सटर फोर्दै गरेको थाहा पाए पछि बाहिर निस्किएका पाण्डेले प्रतिकार गर्ने क्रममा चोरहरुले आँखामा पट्टी बाँधेर मारिदिने धम्की दिएको प्रहरीलाई बयानमा बताएका छन ।

चोरी गरेर चोरहरु भागेपछि पाण्डेले प्रहरीलाई खबर गरेका र घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान अगाडी बढाएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागी बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा बाट तालिम प्राप्त कुकुर ल्याउने पहल समेत भैरहेको उपरीक्षक तिवारीले बताउनु भयो ।–––

प्रकाशित : २०७९ पुष १९ गते १०:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI