No ads found for this position

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २४ गते २०:१९
No ads found for this position
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
No ads found for this position

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ ।

यस्तै हवाइ इन्धनको मुल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । मूल्य घटाउने निर्णय गर्न निगम सञ्चालक समितिको बैठक बसेको थियो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए ।

मूल्य घटाउन निर्देशन दिन आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री दाहालले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए । ४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि आयल निगमले अझै मूल्य नघटाएपछि कार्यकारी निर्देशक थानीलाई नै बोलाएर निर्देशन दिएका थिए ।

प्रकाशित : २०७९ पुष २४ गते २०:१९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI