मन्त्री बन्ने हल्ला चलेका राेशन गाहा एमालेकाे प्रमुख सचेतकमा नियुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २९ गते ९:२८
मन्त्री बन्ने हल्ला चलेका राेशन गाहा एमालेकाे प्रमुख सचेतकमा नियुक्त

कावासोती । नेकपा एमाले गण्डकी प्रदेश सभाकाे प्रमुख सचेतकमा नवलपुरबाट निर्बाचित प्रदेश सभा सदस्य राेशन गाहा नियुक्त भएका छन् ।

बिहीबार बसेकाे एमाले संसदीय दलकाे बैठकमा मुख्यमन्त्री एवं एमाले गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले गाहालाई प्रमुख सचेतमा नियुक्त गरेकेा जानकारी दिए ।

गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने सम्भावित सांसदका रुपमा गाहाकाे नाम आइरहेकाे थियाे । ०७४ काे निर्बाचनमा पनि प्रदेश सभा सदस्य निर्बाचित भएका गाहा पृथ्विसुब्बा गुरुङ मुख्यमन्त्री भएकाे बेला पनि मन्त्रीकाे दावेदार थिए ।

यस पटक पुन प्रदेश सभामा निर्बाचित भएपछि एमालेवृत्तमा उनी पहिलाे चरण मै मन्त्री बन्नछन् भन्ने चर्चा थियाे । तर मुख्यमन्त्री अधिकारीले उनलाई प्रमुख सचेतक नियुक्त गरे । गाहालाई प्रमुख सचेतका नियुक्त गर्नु भनेकाे यस पटक उनकाे मन्त्री बन्ने सम्भावना सकिएकाे एक प्रदेश सभा सदस्यले  बताए ।

प्रकाशित : २०७९ पुष २९ गते ९:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI