गैंडाकोट प्रहरीद्वारा ६ महिनामा ३० लाख बढिका अवैध सामान बरामद

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष ३० गते १८:३३
गैंडाकोट प्रहरीद्वारा ६ महिनामा ३० लाख बढिका अवैध सामान बरामद

कावासोती :  पुर्वी नवलपरासीको ईलाका प्रहरी कार्यालय गैंडाकोटले चालू आ.व २०७९÷८० को पहिलो ६ महिनामा अवैध रुपमा भित्रयाईएका ३० लाख २० हजार रुपिया बढिका मालसामान बरामद गरेको छ ।

गत आ.व २०७८/७९ को पहिलो छ महिनामा गैंडाकोट प्रहरीले ४ लाख ४८ हजार बराबरको अवैध मालसामान बरामद गरेर राजस्व तथा भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनु भयो । प्रहरीले चालू आ.व मा बरामद गरेको अवैध सामानबाट संकलन भएको राजस्व गत आ.वको पहिलो ६ महिनाको भन्दा ५ सय ७४ प्रतिशत धेरै भएको प्रमुख तिवारीले बताउनु भयो ।

त्यसै गरि गैंडाकोट प्रहरीले ट्राफिक कार्वाही बाट चालू आ.व २०७९/८० को पहिलो ६ महिनामा १५ लाख ८८ हजार ६ सय संकलन गरेको प्रमुख तिवारीले जानकारी दिनु भयो । गत आ.व को यो अवधिमा गैंडाकोट प्रहरीले ट्राफिक कार्वाहीबाट १८ लाख ४ हजार ५ सय राजस्व संकलन गरेको थियो ।

यसै गरि चालू आ.व २०७९/८० को पहिलो ६ महिनामा गैंडाकोट प्रहरीको क्षेत्रमा १ सय ९ वटा दुर्घटनामा ३ जनाको मृत्यु र १ सय ७१ जना घाईते भएका छ्न । प्रहरी प्रमुख तिवारीका अनुसार गत आ.व को यो अवधिमा १ सय ४५ वटा दुर्घटनामा ६ जनाको मृत्यु र २ सय १४ जना घाईते भएका थिए । उहाँका अनुसार चालू आव को पहिलो ६ महिनामा गत आ वको पहिलो ६ महिना भन्दा २४.८२ प्रतिशतले सवारी दुर्घटनामा कमि आएको हो ।

यसै गरि गैंडाकोट प्रहरीले चालू आ.वको पहिलो ६ महिनामा विभिन्न प्रकृतिका ४० वटा मुद्दा दर्ता भएको ३५ जना पक्राउ परेको जनाएको छ । गत आ.व को यो अवधिमा ५१ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता हुँदा ६१ जना पक्राउ परेका थिए ।

प्रकाशित : २०७९ पुष ३० गते १८:३३
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI