‘३ घण्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति भनिदिनुहोस्’

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १ गते १३:५२
‘३ घण्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति भनिदिनुहोस्’

काठमाडौं । आफन्त चढेको विमान दुर्घटना भएको खबर थाहा पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका आफन्तहरु आक्रोशित भएका छन् ।

आफन्तकोस्थिति बुझ्न पोखरा जान चाहे पनि पोखरा जाने व्यवस्था नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

उनीहरु यति एयर र विमानस्थल कार्यालयप्रति आक्रोशित भएका छन् ।

पोखरामा यति एयरको विमान दुर्घटनामा परेपछि पोखराको उडान रोकिएको छ ।

दुर्घटनामा परेको विमानमा रहेका एक यात्रीका आफन्तले भने, ‘हाम्रो आफन्त दुर्घटनामा परेको छ, अहिलेसम्म खोज खबर केही छैन, कम्तीमा मलाई पोखरा पुर्‍याइदिए पनि त म केही गर्थे ।’

अर्का यात्रीका आफन्तले यति एयरका कर्मचारीसँग प्रश्न गरे, ‘३ घन्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति के छ ? त्यो त भनिदिनुहोस् ।’

प्रकाशित : २०७९ माघ १ गते १३:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI