नवलपुरमा दुईवटा गैंडा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ६ गते १७:१८
नवलपुरमा दुईवटा गैंडा मृत फेला

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं २ को नारायणी नदी किनारमा दुईवटा गैडा मृत अवस्थामा फेला परेका छन ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान मृत अवस्थामा भेटिएका दुई गैडामध्ये एउटाको खाग पनि निकालिएको छ । घटनास्थल निकुञ्जका प्राविधिक र चिकित्सकको टोलि गएको तिवारीले बताउनु भयो ।

स्थानीयका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशंका छ । अहिले गैडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने अनुसन्धान थालिएको छ । एउटा गैंडाको खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने आकलन गरिएको छ ।-File Photo

प्रकाशित : २०७९ माघ ६ गते १७:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI