चालु आवमा १० गैंडा मरे

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ६ गते २२:३७
चालु आवमा १० गैंडा मरे

कावासोती, ६ माघ (रासस): चितवन राष्ट्रिय निकुञ्जमा चालू आ.व २०७९/८० मा १० वटा दुर्लभ एक सिङ्गे गैंडा मरेका छ्न ।

चालू चालू आ.वको पहिलो ६ महिनामा मरेका १० वटा गैंडा मध्ये ७ वटा गैंडा प्राकृतिक कारणबाट, १ वटा विद्युत करेन्ट लागेर र २ वटा चोरी निकासी गर्ने तस्करहरुका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनु भयो । शुक्रबार पुर्वी नवलपरासीमा तस्करले विद्युतिय धरापमा पारेर मारेका २ गैंडा सहित मरेका गैंडाको संख्या १० पुगेको हो ।

सूचना अधिकारी तिवारीका अनुसार शुक्रबार पुर्वी नवलपरासीको मध्यविन्दु-२ स्थित नारायणी नदि किनारमा मरित भेटिएका दुवै गैंडा तस्करले थापेको विद्युतिय धरापमा परेर मरेका हुन । मृत फेला परेका दुई वटा गैंडा मध्ये अन्दाजी १४ वर्षको पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको हो भने अर्को अन्दाजी ४ वर्षको बच्चा गैंडाको भने खाग सुरक्षीत रहेको तिवारीले जानकारी दिनु भयो । तस्करहरुले माउ गैंडालाई थापेको धरापमा परेर बच्चा गैंडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताउनु भयो ।

खाग काटिएको अवस्थामा मृत गैंडा फेला परे पछि अनुसन्धान अगाडी बढाईएको निकुञ्ज प्रशासन ले जनाएको छ ।

तस्बिर : चितवन राष्ट्रिय निकुञ्जको कार्यालय

प्रकाशित : २०७९ माघ ६ गते २२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI