गैँडाको बच्चा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ८ गते १७:०३
गैँडाको बच्चा मृत फेला

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडाको बच्चा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो ।

बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।

निकुञ्जको कावासोती क्षेत्रमा माघ ६ गते गैंडाका आमाछोरा तस्करहरूले मारेको पर्सिपल्ट नै गैंडाको बच्चा मरेको हो । चालू आर्थिक वर्षमा योसहित ११ गैंडा मरेका छन् । ती मध्ये ३ गैंडा चोरी शिकारीले मारेका हुन् ।

प्रकाशित : २०७९ माघ ८ गते १७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI