हावा,पानी,खाना र बानी नै जिवन हो

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ११ गते १४:३१
हावा,पानी,खाना र बानी नै जिवन हो

सन्जुबाबु पोखरेल – मध्यबिन्दु

धर्तिमा मानव जातिका रुपमा विकसित पुस्ता नै अन्तिम पुस्ता हो । तर हामि हाम्रो जिवनमा यि सबै कुरा लाई विर्सेर प्रकृतीलाई निरन्तर दुषित बनाइरहेका छौं । हावा, पानी,खानाको उचित प्रयोग र हाम्रो बानीलाई उचित मार्गनिर्देश गर्न सकेनौ भने भने पनि मानबको लिला समाप्त हुन्छ । तर यसैलाई हामिले दुषित बनाएर जिबनको लामो आयु खोजिरहेका हुन्छौ । यसरी भन्दा पनि हुन्छ कि आधुनिकताको नाममा हामी उल्टो हिडिरहेका छौं,सर्वनाश रोज्दैछौ । यसैकारण जुनसुकै ग्रन्थहरुमा पनि
प्राकृतिक जिबको अपरिहार्य बिषय हावा,पानी,खाना र बानीलाई बिशेष महत्वका साथ उठान गरिएको पाईन्छ ।

प्रकृतिको बिषेश अध्यन पश्चात् रचिएका ग्रन्थहरुले हावा,पानी,खाना र बानीलाई कसरी व्याख्या गरेको छ सटिकमा चर्चा गरौं ?

१ हावा
हावाको शुद्धताको लागि गरिने यज्ञहरु उदाहरण हुन्, गाईका घ्यू को हवनले अक्सिजन पैदा गर्छ भनेर विज्ञानमा पढिरहेका हुन्छौ । त्यहि यज्ञहरु लाई पाखण्ड भन्ने झुण्डहरु प्रयाप्त रुपमा पाईन्छन।
२-पानी
पानी यानकि जल ग्रन्थहरुमा उल्लेख गरिएका जललाई पवित्रताको रक्षासूत्र सन्देश सहित शुद्धताको लागि फुलका गुच्छाहरु वहाउनु बिभिन्न किसिमका पुजा पाठ, यज्ञ, आरती गर्नु नै जललाई पवित्र राख्ने उद्देश्य हो ।
३-खाना
खाना भन्ने बित्तिकै सम्पुर्ण जगत बाहक तत्व हो हो । धार्मिक हिसाबले गाईको दूध,गोबर,मुत्रलाई मात्रै नभएर चौबिसकोटी देवताको रुप दिईएको अर्गानिक कृषि प्रर्णाली देखि मानिसको लामो उमेरको उपदेश हो ।
४-बानी
दैनिक स्नान गर्ने सात्विक भोजन गर्ने जिबनलाई लामो र स्वच्छ गराउनका लागि योग,ध्यान, तपस्या,बिभिन्न सास्कृतिक मनोरजनात्मक कार्यक्रमहरु जसले मानिसलाई स्वच्छ खानेकुरा खान प्रेरित गरेको छ ।
हामि हाम्रो लामो र स्वस्थ उमेरको लागि हावा, पानी,खाना र बानिलाई सहि प्रयोग गर्न सके मात्रै हामिले लामो र स्वच्छ जिबन बिताउन सक्छौ ।आफैले आफैलाई सोधौ त हाम्रो यात्राले कुन मोड लिदैछ
?
हामी जसरी पनि सम्पती जोड्ने खेलमा अगाडि छौं तर सम्पत्तिले उमेर थपिने वाला छैन ।
त्यसैले उल्लेखित बिषयलाई मनन गरौं । बिज्ञानले पनि नकार्न सक्दैन कि
प्रकृतिले हामिलाई जीवन दियो,त्यो जिबनलाई सार्थक र सफल बनाउन हावा,पानी,खाना र हाम्रो बानीलाई उचित ढंगले प्रयोग गरौ ।

प्रकाशित : २०७९ माघ ११ गते १४:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI