वार्षिकोत्सबमा निशुल्क स्टेसनरी वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १२ गते १८:०४
वार्षिकोत्सबमा निशुल्क स्टेसनरी वितरण

कावासोती । प्रकृति पुस्तक पसल कावासोतीले २८ बर्ष प्रबेस गरेको अबसरमा सामुदायिक बिधालयमा निसुल्क पाठयपुस्तक र स्टेसनरी वितरण गरेको छ । २०५२ साल बाट सन्चालनमा आएको पुस्तक पसल आजैको दिन देखि २८ बर्षमा प्रबेस गरेको हो ।

श्रीपन्चमिको अबसर पारेर पुस्तक पसलले बिधालयमा अक्षारम्भ गराउन आउने बालबालिकालाई पुस्तक , कपि र स्टेसनरी सामाग्री निसुल्क दिने गरेको पसलको ब्यबस्थापक गिता पराजुली बताउछिन । जिल्लाका सामुदायिक बिधालयमा यो बर्ष करिब ४५० जना बालबालिकालाई स्टेसनरी सामाग्री वितरण गरियको छ ।

प्रत्येक बर्ष यसरिनै आफ्ना बाबुनानिलाई निसुल्क स्टेसनरी सामाग्री दिने गरेको सरस्वती मा बि हसौराका शिक्षक सुरेन्द्र भुर्तेलले बतायका छन । सामाजिक दायित्व बहन गर्दै पुस्तक पसलले प्रत्येक बर्स बिधालयमा नया भर्ना गर्न आउने बालबालिकालाई निसुल्क सैक्षिक सामाग्री उपलब्ध गराउदा बिधालयलाई हौसला मिलेको नबदुर्गा आ बिधालय का प्रधानाध्यापक टिकाराम डुम्रे बताउछन ।

प्रकाशित : २०७९ माघ १२ गते १८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI