नवलपुरमा ६ महिनामा १२ अर्ब ९७ करोड राजस्व संकलन

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १४ गते १७:३४
नवलपुरमा ६ महिनामा १२ अर्ब ९७ करोड राजस्व संकलन

कावासोती : चालूआर्थिक वर्षको पहिलो ६ महिनामा नवलपुरमा रु १२ अर्ब ९७ करोड २५ लाख संकलन भएको छ ।

चालू आवको ६ महिनामा संघीय तथा प्रदेश सरकारलाई रु १२ अर्ब ९७ करोड २५ लाख बराबरको राजस्व प्राप्त भएकोकोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरका प्रमुख रामबहादुर केसीले जानकारी दिनु भयो ।

नियन्त्रक केसीका अनुसार ६ महिनामा संघीय सरकारलाई रु १२ अर्ब ७३ करोड राजस्व प्राप्त भएको हो । उहाँका अनुसार चालू आवको पहिलो ६ महिनामा जिल्लामा संघीय सरकारलाई सबै भन्दा धेरै राजस्व आन्तरिक राजस्व कार्यालयबाट रु १२ अर्ब ५५ करोड प्राप्त भएको हो । त्यसै गरि जिल्ला प्रशासन कार्यालयबाट रु ५ करोड, जिल्ला ट्राफिक कार्यालयबाट रु ९५ लाख, जिल्ला अदालतबाट रु ५९ लाख राजस्व प्राप्त भएको केसीले जानकारी दिनु भयो ।

त्यस्तै जिल्लाबाट गण्डकी प्रदेश सरकारलाई ६ महिनामा रु २४ करोड २५ लाख राजस्व प्राप्त भएको छ । प्रमुख नियन्त्रक केसीका अनुसार गण्डकी प्रदेश सरकारलाई सबै भन्दा धेरै यातायात व्यवस्था कार्यालयबाट रु १५ करोड २० लाख राजस्व प्राप्त भएको छ ।त्यसै गरि डिभिजन वन कार्यालयबाट ४ करोड रु १७ लाख, मालपोत कार्यालयबाट रु ४ करोड ९ लाख तथा घरेलु तथा साना उद्योग कार्यालयबाट रु ४० लाख राजस्व प्रदेश सरकारलाई प्राप्त भएको केसीले जानकारी दिनु भयो ।

नवलपुरमा संघीय सरकार मातहतका २२, प्रदेश सरकार मातहतका ११ र ८ वटा स्थानिय तह गरेर ४१ वटा सरकारी कार्यालय रहेका छ्न ।

प्रकाशित : २०७९ माघ १४ गते १७:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI