No ads found for this position

प्रमोद खरेलको कन्सर्टमा नौजनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १५ गते ७:२६
No ads found for this position
प्रमोद खरेलको कन्सर्टमा नौजनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित
No ads found for this position

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा नौजनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ ।

अत्यधिक भीडका कारण झण्डै नौजनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०७९ माघ १५ गते ७:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI