रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १५ गते १४:४१
रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन नागरिकता कायम भएको बताए ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै  सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र  पार्टी सभापतिको पद खारेज भएको थियो। रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

प्रकाशित : २०७९ माघ १५ गते १४:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI