No ads found for this position

भारतमा प्रहरीले गरे मन्त्रीको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १६ गते १०:००
No ads found for this position
भारतमा प्रहरीले गरे मन्त्रीको हत्या
No ads found for this position

काठमाडौँ – भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेर हत्या गरेको भारतीय सन्चार माध्यमले जनाउका छन् ।

समाचारमा जनाइएअनुसार प्रहरीको गोली लागेर घाइते भएका दासको उपचारका क्रममा निधन भएको हो ।  गोली हान्ने प्रहरी पक्राउ परेका छन् । गोली हान्नुको कारण खुलेको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित : २०७९ माघ १६ गते १०:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI