No ads found for this position

कावासोतीमा जारी दोश्रो त्रिपिटक (कङ्ग्यूर) महापूजाको तेश्रो दिन सर्वधर्म महामिलन

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १८ गते १८:३०
No ads found for this position
कावासोतीमा जारी दोश्रो त्रिपिटक (कङ्ग्यूर) महापूजाको तेश्रो दिन सर्वधर्म महामिलन
No ads found for this position

यमु कुमाल/कावासोती । नवलपुरको कावासोतीमा जारी दोश्रो विश्वशान्ति त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजाको तेश्रो दिन सर्वधर्म महामिलन कार्यक्रममा सबै धर्मगुरुहरुद्धारा प्रवचन गरिएको छ ।

 

माघ १६ गते सोमबारदेखि सुरु भएको कङ्ग्यूर महापूजाको तेश्रोदिन पिठाधिश् देवघाटका श्री एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यता रहेको थियो । त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजामा श्री एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वती महाराजाले भगवान् र मनुष्यको सम्वन्ध नङमासुको सम्वन्ध भएको बताउनु भएको छ । मनुष्य असल कर्मद्धारा भगवानको सम्मान गर्दै अर्थात् भगवानलाई सम्मान गर्नु भनेको जगतका सम्पूर्ण प्राणीको सम्मान र कसैप्रति रुष्ट भावना नराखी कर्म गर्नु पर्नेमा उहाँको भनाइ छ ।

जिल्लाको कावासोती नगरपालिका ३ मा रहेको बरचुली बौद्ध गुम्बाको आयोजनामा दोश्रो कङ्ग्यूर महापूजा भइरहेको छ । महापूजा २२ गतेसम्म हुने छ । विश्वका सम्पूर्ण मानव कलयाण र प्राणी जगतको उद्धारको निम्ती पूजा पाठ , जप तप , प्रार्थना , बन्दना गरी प्रत्येक मनुष्यमा आध्यात्मिक चिन्तनका साथै अहिंसा , शान्ति , सत्य र न्यायको मार्ग अबलम्वन गरी मानवविच तनाव द्धन्द्ध अन्त्य होस् भन्ने उदेश्यका साथ कङ्ग्यूर महापूजा सञ्चालन भएको हो । महापूजाको तेश्रोदिन बौद्ध धर्म तर्फ खेन्पो दशरथ गुरुङ , ब्रम्हकुमार राजु घले ओमशान्ति , आत्माज्ञान राधा स्वामी , साइराम श्री मनिष सापकोटा , मानव धर्म केन्द्रीय प्रमुख चमेलीबाइजी , इस्लाम धर्म , क्रिश्चियन धर्मको प्रवचन भएको थियो ।

कावासोतीमा बरचुली बौद्ध गुम्बाद्धारा सबै धर्मको मिलन हुनेगरी दोश्रो विश्वशान्ति त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजा गर्नु उदाहरणिय कार्य भएको सबैधर्म गुरुले बताएका छन् । यो विश्वशान्ति पूजाले समुदायलाई मात्र नभइ सम्पूर्ण राष्ट्रलाई विभिन्न धर्म संस्कृति, जातजाति भएपनि सम्पूर्ण एक आत्मा हो , एक परम आत्माको सन्तान हाँ अर्थात् एकै फूलबारीमा माली हौँ भन्ने सन्देश दिने ब्रम्हकुमार राजु घलेले बताउनु भयो । मानिसले आफ्नो आन्तरिक रुपमा मनमस्तिक शुद्धिकरण हुदैन गर्दै मानवबिच द्धन्द्ध होइन एकताको भावना विकास गर्नमा यो कार्यक्रमले टेवा पु¥याउने उहाँको विश्वास छ ।

यस्तै गरी माघ १९ गते दोश्रो विश्वशान्ति त्रिपिटक महापूजाको चौथोदिन धर्मगुरुहरु र विद्धान व्यक्तित्वहरुको सम्मेलन हुनेछ । चौथोदिन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का केन्त्द्रीय अध्यक्ष्न कर्ण वहादुर गुरुङ , तमू प्ये ल्हू स्रंघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु र तमु धीँ नेपालका केन्द्रीय अध्यक्ष होम वहादुर गुरुङ लगायतको विशेष आतिथ्यता रहने आयोजकले जनाएको छ ।

विश्वशान्ति त्रिपिटिक पाठवाचनमा बौद्ध धर्मग्रन्थको १०८ ठेली पुस्तक १०१ जना श्रद्धेय लामा गुरुहरुबाट वाचन पनि भइरहेको छ । महापूजामा संकलित धनराशिले उक्त गुम्बा परिसरमा आवश्यक भौतिक संरचना निर्माण गरी जिललाको नै नमुना बौद्ध धार्मिक पर्यटकीय तिर्थस्थल निर्माण गर्ने मूल उदेश्य छ । महापूजाको पाचौँ दिन २० गते प्रमुख वाचक धर्मगुरुहरुद्धारा प्रवचन हुने , छैटौँ दिन २१ गते पूजापाठ, हवन , चौरासी पूजा , तुला दान र २२ गते खेन्पो सिर लामा गुरुङबाट वाङ्ग अभिषेक र टप्चे कार्यक्रम रहने छ । जिल्ला बासीलाई दान नै पूण्य हो , पुण्य नै धर्म हो भन्ने पवित्र भावनाका साथ श्रद्धालु भक्तजनहरुमा दोश्रो विश्वशान्ति त्रिपिटक महापूजाको अवसरमा दान दक्षिणाको महिमालाई हृदयगंम गरी आफ्नो क्षमता अनुसार दान , भूमिदान , श्राम दान गर्न आयोजकले अनुरोध गरेको छ ।

प्रकाशित : २०७९ माघ १८ गते १८:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI