सांसद अरुणकुमार चौधरी पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १९ गते १५:२६
सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौं । प्रतिनिधिसभाका सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । सांसद चौधरीलाई बिहीबार बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बाँकेकाे कोहलपुरबाट पक्राउ गरी कैलाली जिल्ला अदालतमा बुझाउन लगिएको प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले डिसी नेपाललाई जानकारी दिए ।

प्रतिनिधि सभाका सदस्य अरुणकुमार चौधरी नौ वर्षदेखि फरार सूचीमा रहेका  थिए । चौधरी सहितका तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते छ महिना कैद तोकेको थियो।

सांसद चौधरी सहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो। हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो।

२०७४ मा लम्कीचुँहाको मेयर र प्रदेश सभा सदस्यमा पराजीत चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनी रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीबाट विजयी भएका हुन्।

प्रकाशित : २०७९ माघ १९ गते १५:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI