No ads found for this position

रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने भन्दै आत्मदाहको प्रयास

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १९ गते १६:१७
No ads found for this position
रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने भन्दै आत्मदाहको प्रयास
No ads found for this position

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।

बिहीबार बाँकेको कोहलपुरका गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि आत्मदाहको प्रयास गरेको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार नागरिकता विवादका कारण गृहमन्त्री र सांसद पद गुमाएका लामिछानेलाई अन्याय भएको भन्दै कार्कीले आत्मदाहको प्रयास गरेका थिए ।

सहायक प्रजिअ रिजालका अनुसार उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारीचालक हुन् । कार्कीले आफैँमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।

“रविलाई अन्याय भयो, गृहमन्त्री बनाउनुपर्ने भन्दै आत्मदाहको प्रयास गर्नुभयो । अफिसबाट आधा घण्टामा आउँछु भनेर निस्किनुभएको थियो । तर, एक्कासि आत्मदाहको प्रयास गर्नुभयो,” उनले भनिन् ।
शरीरमा आगो लगाउने प्रयास गर्नेबित्तिकै थाहा पाएपछि अरू कर्मचारीले उनको तत्काल उद्धार गरेका थिए । उनको अवस्था सामान्य रहेको सहायक प्रजिअ रिजालले बताइन् ।

प्रकाशित : २०७९ माघ १९ गते १६:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI