एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २० गते ६:५८
एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता

बुटवल, माघ १९ । एभरेष्ट बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि भैरहवाबिच ग्राहक तथा कर्मचारीहरुको उपचार सेवाका बिषयमा सम्झौता भएको छ ।
बिहीबार एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माको उपस्थितीमा लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईंकेल र सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकमा आबद्ध ग्राहकहरु तथा बैंकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा उपचारका लागि आउदा बिशेष छुट दिने सहमती भएको हो । ओ.पि.डि टिकट, ल्याब, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जनरल, फिजिओथेरापी, कपाल प्रत्यारोपण र क्याबिनमा बिशेष छुट दिने सम्झौतापत्रमा उल्लेख गरीएको छ ।
भारतको पन्जाव नेशनल बैंकको संयुक्त लगानीमा स्थापित एभरेष्ट बैंकले १२३ वटा शाखा र १६० एटिएमबाट ग्राहकहरुलाई सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । भने सिद्धार्थनगर सिटी अस्पताल सय बेडको अत्याधुनिक सुबिधासम्पन्न अस्पताल हो ।

प्रकाशित : २०७९ माघ २० गते ६:५८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI