No ads found for this position

नवलपुर महोत्सवको सातौं संस्करण फागुन ३ देखि

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २४ गते १८:३२
No ads found for this position
नवलपुर महोत्सवको सातौं संस्करण फागुन ३ देखि
No ads found for this position

खगेन्द्र पराजुली,
नवलपुर, माघ २४ ।
कावासोतीमा फागुन ३ गतेदेखि १३ गते सम्म महोत्सव हुने भएको छ । नवलपु्र उद्योग वाणिज्य संघको आयोजनामा सातौं नवलपुर महोत्सव हुने भएको हो । संघको सभाहलमा आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको औचित्यका संदर्भमा चर्चा गरिएको थियो ।

नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं सातौ नवलपुर महोत्सव मुल समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले स्थानीय उत्पादन, जातिय सांस्कृतिक पक्ष, पर्यटकीय गतिविधि व्यवसाय प्रर्वधन, स्थानीय प्रतिभा प्रस्फुटन लगायतको विकास र प्रर्वधन गर्ने उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको स्पस्ट पारे ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा संघका महासचिव एवं महोत्सव मुल समितिका प्रवक्ता सागर पोख्रेलले यस अगाडिका महोत्सवको सिकाइ र अनुभवबाट पाठ सिक्दै सातौ महोत्सवलाई उपलब्धि केन्द्रित गरिने बताए ।

महोत्सवमा आठै पालिकाका कृषि उत्पादन र उद्यमसँग सम्वन्धित प्रत्येक पालिकाको ३ वटा स्टल निशुल्क हुने भएकाले पनि अहिलेको ब्यवसायिक प्रदर्शनी विशेष र अघिल्ला मेला महोत्सव भन्दा फरक हुने पोख्रेलको दावी छ ।

महोत्सवमा संस्कृतिसँग सम्वन्धित रत्यौली प्रतियोगिता अर्को आकर्षण हुने आयोजकको जिकिर छ । प्रस्तुतिकरणलाई मर्यादित र सिर्जनात्मक वनाउन समाजलाई अपाच्य हुने त्यस्ता शब्दावलीलाई शंसोधन गरी प्रतियोगितामा समावेश बनाईने हुँदा रत्यौलीका रचनाको एक प्रति कपी आयोजकलाई उपलब्ध गराईसकेपछि मात्र समूहले प्रतियोगितामा भाग लिन पाउनेछन् ।  रत्यौली प्रतियोगिताले सामाजिक संस्कृतिलाई मर्यादित र सिर्जनात्मक बनाउने आयोजकले अपेक्षा लिएको छ ।

यस्तै, महोत्सवमा नभई नहुने मनोरञ्जनका लागि बाल उद्यान, सास्कृतिक मञ्च र समारोह, विभिन्न ब्यवसायिक स्टल तथा प्रदर्शनी बाहेक विद्यार्थीहरुद्धारा निर्मित विज्ञान प्रदर्शनी र प्रतियोगिता, टिकटक प्रतियोगिता कृषि प्रदर्शनी र प्रतियोगिता, विभिन्न जातिय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी, पर्यटकीय गतिविधिका नमूना प्रदर्शनी एवं प्रचारप्रसार लगायतका गतिविधि समेटेर यहाँको आर्थिक–ब्यवसायिक उत्थानमा मदत पुर्याउने लक्ष्य रहेको जनाईएको छ ।

१ करोड ८५ लाख रुपैंया आर्थिक कारोवार हुने लक्ष्य लिएको उद्योेग वाणिज्य संघले १ करोड ४० लाख खर्च हुने अनुमान गरेको छ । करीव ५ लाख जनाले महोत्सवको प्रत्यक्ष–अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी छ ।

महोत्सव प्रवेश शुल्क १ सय रुपैंया कायम गरिएकोमा ज्येष्ठ, अपाङ्ता भएका नागरिकका लागि निशुल्क र विद्यार्थीका लागि प्रवेशमा ३३ प्रतिसत छुट दिईने जनाईएको छ । महोत्सव कावासोती ८ स्थित टुवोर्ग खेल मैदानमा हुनेछ ।

प्रकाशित : २०७९ माघ २४ गते १८:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI