महोत्सवको प्रचारप्रसार गर्न टिकटक प्रतियोगिता

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २५ गते १६:३३
महोत्सवको प्रचारप्रसार गर्न टिकटक प्रतियोगिता

कावासोती। सातौं नवलपुर महोत्सव-२०७९ को प्रवर्द्धन र प्रचार प्रसारका लागि टिकटक प्रतियोगिता सुरु भएको छ । फागुन ३ गते देखि १३ गते सम्म संचालन हुने नवलपुर महोत्सवलाई प्रचारात्मक रुपमा अगाडि बढाउन टिकटक प्रतियोगिता राखीएको सातौ नवलपुर महोत्सव–२०७९ का प्रवक्ता एवम् प्रचार प्रसार समिति संयोजक सागर पोख्रेलले जानकारी दिनुभयो ।

टिकटक प्रतियो गिताका लागी नवलपुर उद्योग बाणिज्य संघको आधिकारीक टिकटक #सातौ नवलपुर महोतसव – २०७९ मा ह्यास ट्याग अनिवार्य प्रयोग गरिएको हुुनपर्नेछ । महोत्सवलाई प्रविधियुक्त बनाउन विभिन्न योजनाहरु अघि सारिएको संयोजक पोख्रेलले जानकारी दिनभयो । टिकटक प्रतियोगिता आजै बाट नै शुरु भएको जनाईएको छ ।

महोत्सव सुरु हुनु अगावै सातौ नवलपुर महोत्सवको जिङ्गलमा भिडियोहरु तयार पार्नुपर्ने छ भने महोत्सव शुरु भएपछि महोत्सव स्थल भित्र सातौ नवलपुर महोत्सव देखिने दृश्य सहित जुन सुकै गितमा समेत निर्माण गर्न पाईने छ । तर भिडियो निर्माण गर्दा सन्देश मुलक हुनु पर्ने बताईएको छ । महोत्सव प्रचार प्रसारलाई टेवा पुग्ने र जिल्लाको पहिचानलाई बढाउने गरी प्रतियोगितालाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताको घोषणा भने महोत्सवको समापनको दिन हुने र समारोहमा विजेता घोषणा गरी पुरस्कृत गरीने महोत्सवका सास्कृतिक संयोजक भेष बहादुर अधिकारीले बताउनुभयो ।

प्रकाशित : २०७९ माघ २५ गते १६:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI