थप ९ वटा क्याम्पसमा स्ववियु निर्वाचन गराउन नवलपुरका विद्यार्थी संगठनको माग

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २५ गते १७:०९
थप ९ वटा क्याम्पसमा स्ववियु निर्वाचन गराउन नवलपुरका विद्यार्थी संगठनको माग
File Photo: Balot Box

कावासोती । नवलपुरमा क्रियाशिल पाँच वटा विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त थप ९ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेका छ्न ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु(एमाले), अखिल क्रान्तिकारी, अनेरास्ववियु(नेकपा एस) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुधबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर जिल्लाका थप ९ वटा क्याम्पसमा स्ववियु निर्वाचनको माग गरेका हुन ।

पाँच विद्यार्थी संगठनले गैंडाकोटको जनक कलेज, एसपिएम कलेज, लुम्बिनी आईसिटी कलेज र नमुना कलेज, देवचुलीको जनज्योति आदर्श बहुमुखी क्याम्पस प्रगतिनगर र देवचुली कलेज रजहर, कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पस, मध्यविन्दुको नवजागरण बहुमुखी क्याम्पस चोरमारा र अरुणखोला बहुमुखी क्याम्पस अरुणखोलामा स्ववियु निर्वाचन माग गरिएको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए ।

यस अघि जिल्लामा कावासोतीको कुमारवर्ती क्याम्पस र गैंडाकोटको कालिका संस्कृत विद्यापिठमा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गरेका थिए ।

प्रकाशित : २०७९ माघ २५ गते १७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI