खान नपाएर भन्दा खान नजानेर मानिसहरु मरिरहेका छन

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २६ गते २१:२५
खान नपाएर भन्दा खान नजानेर मानिसहरु मरिरहेका छन

सन्जुबाबु पोख्रेल – मध्यबिन्दु

जसले बिहानै उठेर दिन भर ज्यामिको काम गर्छ उसले पेट भरि खानेकुरा खान पाउदैन । धनाढ्य ब्यक्ती अथवा भनौ सर्व सुबिधा सम्पन्न उसले हेबि डोज खाना खान्छ (पचाउन मुस्किल पर्ने जस्तै माछा मासु) । उसलाई आफैले खाएको खानेकुराले उसैलाई खान सक्छ कारण उसको शारिरिक श्रम एकदमै कम हुन सक्छ र पचाउन गाह्रो हुन्छ । तर बिडम्वना जसले पचाउँछ,दिनभर शारिरिक श्रम गर्छ उसलाई मिठो मसिनो होईन कि भने दुई छाक खान छैन ।

मीठो मसिनो भनिएको खाध्य पदार्थ पनि शुद्द छैनन,किटाणुयुक्त छन, किटनाशक औषधिले भरिपुर्ण छन । यस्तो अवस्थामा खतरानाक रोगहरुले मानिसलाई विभिन्न ढङ्गले आक्रमण गरिरहेको छ । नयाँ नयाँ रोगहरुको पहिचान भईरहेको छ । रोगको पहिचान तब मात्र हुन्छ जब मानिसहरु मृत्युवरण गरिसकेका हुन्छन । त्यसैले भन्न खोजिएको हो मानिस खान नपाएर भन्दा खान नजारेर मरिररेका छन ।

भेगान
कतिपय मानिसहरू जनावरबाट पाईने आहार लाई प्रयोग नगरेर पनि स्वस्थ रहने उपाय अबलम्बन गरेको पाईन्छ । जसलाई भेगान भन्ने गरिन्छ, उनिहरु मासुजन्य पदार्थ मात्र होईन कि गाई भैसिको दूध पनि सेवन गर्दैनन । भिटामिन B12 जस्ता चिजहरु हामि गुन्द्रुक,मस्यौरा र गेडागुडी बाट पनि पाईन्छ र हाम्रो शरिरलाई चाहिने तत्त्व स्वच्छ आन्द्राले स्वयम उत्पादन पनि गर्छ भन्ने भेगानहरुको भनाई छ ।
उनिहरु मासु ,दुधको सट्टामा पाईने पौस्टिक आहार अन्य आहार मार्फत पूरा गर्दछन कि जस्तै दुधबाट पाउने तत्व जौ,मकै ,नरिवल,बदाम ,ओख्खर,र वनस्पति बाट पाईने गरेको पुष्टि भैसकेको छ । मानिस प्राकृतिक जिवनशैली बिर्सेर कृतिम जिवनशैली अगाडि बढिरहदा भेगान खाध्य शैली अपनाउनेहरु स्वस्थ जिवनका लागि सबै भेगान हुनुपर्ने बताउँछन ।

मासु
मासु छोटो आन्द्रा भएको जिवले जसले छिटो पचाउन सक्छ, त्यस्ता जिवले खाने कुरा हो भन्ने गरेको पाईन्छ । हुनत मासु काटेको २/३घण्टा मात्रै बाहिर राख्यो भने दुर्गन्ध आउन थाल्छ । तर मानब शरिरले पाचनप्रक्रियाको लागि १२ देखि ३६ घण्टा लगाउछ । चपाउदा मुखवाट निस्केको seliva ले (र्याल )खानालाई गलाउँछ ।
शरिरले खाध्य पदार्थ मार्फत कस्तो तत्वहरू लिईरहेको छ यो बुझ्न आवश्यक छ ।
स्वस्थ जिवनशैलिका लागि हामिले खाना पकाउँदा,कसरि पकाईरहेका छौ,के खाईरहेको हुन्छौ राम्रो’अध्ययन गर्नुपर्छ ।

खानाको मिश्रण
बिभिन्न खानाको रूपमा रहेको वस्तुहरु खादा समेत हामि ख्याल गरिरहेका हुन्नौ । गाउँ घरमै हामिले सुनिरहेका हुन्छौ कि बजारमा पाईने कोकाकोला र कटहर त्यस्तै गोरस(दुघ,दहि,मोहि,घ्यु) र चिनि च्याउ र मासु जस्ता धेरै खानेकुराहरुको एकैपटकको सेवनले स्वास्थ्यमा नकारात्मक असर पर्छ । स्वस्थ जिवनशैलिका लागि कुन कुन खाना सङ्गै वा एकैचोटी खान हुन्न त्यो पनि हामिले जानिराख्न आवश्यक छ ।

प्रकाशित : २०७९ माघ २६ गते २१:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI