नेतृत्वको चरम स्वार्थ र दुखदायी जनजिविका

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन ४ गते २१:०३
नेतृत्वको चरम स्वार्थ र दुखदायी जनजिविका

सन्जुबाबु पोख्रेल – मध्यबिन्दु

नेपालिले ईतिहासको बिभिन्न काल खण्डहरुमा विभिन्न खाले आन्दोलन गरे । सारमा बुझ्दा त्यि सबै सबै आन्दोलनको उदेश्य थियो राजनैतिक आवरणमा भए पनि समाज रुपान्तरण र सरल जनजिबिका । तर आज सम्म त्यि अपेक्षा पूरा भएका छैनन कारण हो नेतृत्वमा देखिएको चरम स्वार्थ । यसबिचमा हजारौं नेपालीहरुले आफ्नो रगत बगाईसकेका छन तर पनि नेपालीहरु यति धेरै समस्यामा अल्झी रहनुपरेको छ कि त्यसको कुनै सिमा छैन, अहिले पनि नेपाली नागरिक समस्याको समाधानको लागि विभिन्न ठाउँमा भौतारी रहेको भेट्छौ ।

नेपालको वर्तमान राजनीति हेर्दा झन् उराठलाग्दो देखिन्छ। हाल नेपाललाई संघीयताको नाममा तिन तहमा विभाजन गरियो, गाउँ गाउँमा सिंहदरबार जस्ता नारा लगाईयो । तर पनि जनताले नारा अनुसारको काम लिन बारम्बार भौतारिरहनुपरेको छ ।अपेक्षाको भारी लिएर पुगेका जनतालाई त्यहि ठाउँमा ठूलो समस्याहरुको चाङ देखाइन्छ जब कि त्यो चाङ समस्याको नभएर कर्मचारीको बहानाको हुन्छ,स्वार्थको हुन्छ ।

 

यस्तै यस्तै कारणले पनि होला,जनता आफ्नो समस्या बोकेर न्याय खोज्दै न्यायालय पुग्नुको सट्टा नेतृत्वलाई गुहारि रहेका हुन्छन । तर नेतृत्वले आफुलाई कसरी फाइदा हुन्छ, कसरी आफ्नो पक्षमा जनमत भेला गर्न सकिन्छ भन्ने विषय तर्फ मात्रै केन्द्रित रहेको भेटिन्छ ।
विभिन्न वडा,पालिका तथा पालिका प्रमुखहरू बिकाश निर्माणका कुरा भन्दा पनि आफ्नो सरकार र आफ्नो नेतृत्वले निर्देशन गरेका कामहरु कसरी छिटो गर्ने कसरी आफ्नो नम्बर बढाउने नेतृत्वको प्यारो कसरी बन्ने भन्नेतर्फ लागिरहेको पाइन्छ किनकि उनिहरुलाई पनि जनताको समस्या भन्दा आफ्नै स्वार्थको चिन्ता छ ।

 

बिरामी जटिल स्वास्थ्य समस्याको समाधानका लागि हस्पिटल पुग्छन ,डाक्टरले बिरामीको भन्दा बिरामी लिएर गएको मानिसको अनुहार हेरिरहेको हुन्छ, बिरामिको समस्याको समाधान भन्दा पनि आफ्नै लोभको समस्या देखिरहेको हुन्छ र कसरी पैसा आउछ भन्ने बाटोतर्फ लाग्छ । बिपन्न र दुखी जनताको उपचारको पक्षमा बोल्दिने मात्रै मानिसलाई पनि जनताले ताली ठोक्ने संस्कार त्यसै निम्तिएको होईन ।

 

प्रहरी-प्रशासनमा पिडित न्यायको हार गुहार गरिरहेका हुन्छन् तर पनि प्रशासनले कुन नेताको फोन आउने हो, कुन पावरको मानिस हो भनेर नियालिरहेका हुन्छन् पीडितले न्याय पाउने कुरा त फरक विषय रह्यो ।
यहाँ पिडितको राजनैतिक शक्तिको अवस्थासँग दाँजेर न्यायलाई तुलना गरिरहेको देख्न अप्ठ्यारो छैन । किनकि आफ्नो सरुवा बढुवा नै आफ्नो क्षमताको आधारमा भन्दा पनि चाकरी र आशिर्वादले हुने गर्छ भन्ने विषयमा उ अभ्यस्त भैसकेको छ, किनकि उनीहरु स्वयम् आफ्नो स्वार्थ पुर्तिको बाटो खोजिरहेका हुन्छन् ।

 

विभिन्न उपभोक्ता समिति विभिन्न संघसंस्था हरुमा सेवामुखी भाव भन्दा पनि आफ्नै स्वार्थ पुर्तिका लागि लुछाचुडी गरिरहेका छन् । समाज रुपान्तरणका लागि भनेर खोलिएका विभिन्न संघ संस्थाहरुले समाज रुपान्तरणको नाममा नेतृत्वको समस्या समाधानको बाटो बनेको छ , किनकि उनिहरु सङ्ग पनि स्वार्थको चाङ त छ नै।

 

जनताहरु आर्थिक जिवनको उचित ब्यवस्थापनका लागि
सरकारबाट मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा हात फैलाई रहेका हुन्छन् । विभिन्न सोर्सफोर्स पश्चात त्यि हातहरुमा चर्को ब्याज विभिन्न सेवा शुल्क,कर,मासिक बचत,बैंक शेयरमा सहिछाप गरेपछी रकम थमाएको हुन्छ । किनकि उनीहरु पनि आफ्नो संस्थागत हितको स्वार्थमा तल्लिन हुन्छन । स्वार्थ संस्थागत भए सम्म ठिकै हो,यहाँ ब्यवस्थापकको ब्यक्तिगत स्वार्थ हावी हुँदा सबै फाईल पुगिसक्दा पनि आउनुपर्ने रकम उनको स्वार्थमा अल्झिरहेको हुन्छ । सेवाग्राहिले आफ्नो समस्या समाधानका लागि ब्यवस्थापक र कर्मचारीको स्वार्थ पुर्तिको माध्यम नबनी सुखै छैन ।

प्रकाशित : २०७९ फागुन ४ गते २१:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI