कावासोतिमा भब्यताका साथ ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइयो

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १५ गते २०:०८
कावासोतिमा भब्यताका साथ ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइयो

यमु कुमाल

१५ फागुन, नवलपुर ।
मगर समुदायले सोमबार ४१ औं राष्ट्रिय  मगर एकता दिवस धुमधामका साथ मनाएका छन् । दिवसको अवसरमा नवलपुरको सदरमुकाम कावासोतिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको थियो  । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्झनामा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् । स्थापना दिवस परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाच नाचेर मगर समुदायले दिवस मनाउने गर्दछन् । जिल्लाको सदरमुकाम कावासोतीमा भएको वृहत सांस्कृतिक कार्यक्रम मगर समुदाय सङ्ग सम्बन्धित समितिहरुको आयोजनामा भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहाको प्रमुख आतिथ्यता रहेको थियो । मन्त्री गाहाले कार्यक्रमलाई सम्बोधन गर्दै मगर समुदायहरुहरु नेतृत्वमा आउनै नखोज्ने परिस्थिति भएकाले नेतृत्वमा आउन अपिल गरेका थिए । मगरहरु राजनीति बुझ्न र राजनीति गर्न अगाडि आउनुपर्ने गाहाको तर्क थियो ।
मगर दिवसमा नवलपुरका सबै अर्थात् आठ वटै स्थानिय तहले सार्वजनिक विदा दिएका थिए । जिल्लाको पहाडी तथा तराइ क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेकाले पनि पालिकाहरुले सार्वजनिक विदा दिएका हुन् ।

प्रकाशित : २०७९ फागुन १५ गते २०:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI