No ads found for this position

नेपालमा महिला हिंसाको कानुनी तथा व्यवहारिक पक्षहरु

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १७ गते १५:२७
No ads found for this position
नेपालमा महिला हिंसाको कानुनी तथा व्यवहारिक पक्षहरु
No ads found for this position

टंक राज वस्याल

कावासोती

 

के हो महिला हिंसा ?

महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्‍याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्नुपर्छ। समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन्। नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भैरहेका छन्। पम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ, देशमा विद्यमान कतिपय कानुनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन। देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पुर्‍याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन। समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन्। पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ। महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भैरहेको छ। महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष ख्वाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर(व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने(गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भैरहेका छन्। त्यस्ता सबै कार्यलाई महिलाविरुद्धको हिंसा मानिएको छ।

महिला हिंसाको स्थिति

महिला हिंसाअन्तर्गत पनि अधिकांश महिला आफ्नै घर परिवेशभित्र श्रीमान् तथा परिवारका अन्य सदस्यबाट पीडित छन्, जसलाई घरेलु हिंसा भन्ने गरिएको छ। दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनका परिवारका सदस्यहरूले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको पाइन्छ। श्रीमान्ले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरू वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन्। त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिलाहरू उत्तिकै पीडित हुने गरेका छन्। कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरूमा दुव्र्यवहार एवं अपशब्दहरूको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रूपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ। पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन्। कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ। बोक्सीको आरोपमा असहाय महिलाहरू मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन्। त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ। यौन व्यवसाय, सर्कसलगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ। त्यस्तै रोजगारीका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन्।

पीडितद्वारा उजुरी गर्ने क्रममा वृद्धि ?

सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन्। अझ घरेलु हिंसाविरुद्धको उजुरीमा महिलाहरूले ठूलो त्रास खेप्नुपर्ने स्थिति छ। त्यसैले समाधानको कुनै विकल्प नभेटिएपछि मात्र यस्ता घटना सार्वजनिक हुने गरेको पाइन्छ। यद्यपि विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ। यस्ता घटनाविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालयका महिला सेल, महिला तथा मानव अधिकार संस्था आदिमा पीडितहरूले निवेदन दिने गरेको पाइन्छ भने सम्बन्धविच्छेदसम्बन्धी मुद्दा जिल्ला अदालतमा पेस हुने गरेका छन्। ती सबै निकायमा अघिल्लो वर्षको तुलनामा हरेक वर्ष महिला हिंसाविरुद्धका उजुरीहरू बढ्दै गएको पाइए पनि उजुरी लिने निकाय धेरै भएकाले हरेक वर्ष कति उजुरी पर्छन् भन्ने यकिन तथ्यांक बाहिर आउन सकेको छैन। उजुरी प्रक्रियालाई अघि बढाउँदा पीडितहरूले न्याय पाउन थालेका उदाहरण पनि देखिएका छन् तर उजुरी गर्ने सबै पीडित न्यायको सुनिश्चितता भने अझै हुन सकेको छैन। कानुन बनाइए पनि त्यसलाई क्रियाशील गराउन आवश्यक पर्ने नियमावली, निर्देशिकालगायत अन्य संरचना निर्माण नहुनुले कानुनी प्रावधानहरू केवल कागजमा मात्र सीमित छन्। उजुरीका आधारमा पक्राउ परेका पीडकहरू जमानत, धरौटी आदिमा छुट्ने गरेको र समय क्रममा सजायबाट उन्मुक्ति पाउँदै गएको अवस्था पनि छ। यसका साथै कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्तिहरूको पुरुषप्रधान सोचका कारण पनि महिलाका मुद्दालाई त्यति महत्त्वका साथ हेरिएको पाइँदैन।

किन हुन्छ महिला हिंसा र ?

महिलाहरू कतै दाइजो र तीलक प्रथाका कारण जिउँदै जल्नुपरेको छ। कतै बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना भोग्नुपरेको छ। कतै छाउपडीजस्तो कुप्रथा कायमै छ भने कतै एकल महिला उपेक्षित छन्। महिला सशक्तीकरणका लागि अनेकन् आन्दोलन हुँदा पनि महिलाको अवस्थामा खासै सुधार भने भएको छैन।

यस्तो विभेद केवल सामाजिक व्यवहारमा मात्र कायम छैन। राजनीतिक संरचनामा पनि महिला विभेदमै छन्। दुईतिहाइ बहुमत ल्याएको सत्ताधारी पार्टीमा पनि महिला उपस्थित अल्पसंख्यामा छ तर यो आजको समस्या होइन। संविधानसभा जारी हुँदा नै पटकपटक समझदारी निर्माण गर्ने नाममा दलका शीर्ष नेताहरूको बैठक बस्ने गथ्र्यो। तर त्यस्तो बैठकमा कहिल्यै पनि महिलानेत्रीको उपस्थिति देखिएन। महिला उपस्थितिलाई संविधानसभामा थपडी बजाउनेमा मात्र सीमित राखिएको थियो। के कुनै पनि दलको शीर्ष तहमा महिला थिएनन् रु
हाम्रो समाज पितृसत्तात्मक चिन्तनले ग्रसित भएकै कारण आम महिलाले समानता अनुभूत गर्न सकिरहेका छैनन्। पितृसत्तात्मक चिन्तनले पुरुष मात्र ग्रसित हुने भन्ने मानसिकता पनि देखिन्छ तर त्यो गलत मानसिकता हो। पितृसत्तात्मक चिन्तनले महिला पनि ग्रसित भएका हुन्छन्। त्यसैकारण कतिपय अवस्थामा महिलामाथि महिलाले नै हिंसा गरिरहेको पनि पाइन्छ। हिजो सासूले बुहारीलाई हिंसा गर्थे भने अहिले बुहारीले सासूलाई वृद्धा श्रम पठाउने प्रवृत्ति पनि बढ्न थालेको छ।

आफ्नो पद सुनिश्चित गर्नकै लागि राजनीतिक क्षेत्रमा महिलाले महिलालाई हिंसा गरेको पनि पाइन्छ। आफूबाहेक अरूको अस्तित्व नदेख्ने महिला नेताका कारण पार्टीमा योगदान गरेका सक्षम महिला ओझेलमा पारिएका छन्। यो पनि एक प्रकारको हिंसा हो।
महिलाहरू हिंसामा पर्नुको अर्को एउटा कारण गलत तरिकाको हुर्काइ हो। महिलालाई सानैदेखि सहनशीला सुशीला हुनुपर्ने शिक्षा दिइन्छ। शोषण र हिंसाको विरोध गर्नुपर्छ भन्ने शिक्षा दिइएको हुँदैन। त्यस्तै हाम्रा संस्कृति र परम्परा पनि महिला हिंसा कायम रहनुमा जिम्मेवार छ। विभिन्न संस्कृति र परम्पराका नाममा अझै पनि शोषण व्याप्त छ।

पुरुषलाई महिलाभन्दा सक्षम मान्ने चिन्तनले पारिवारिक र सामाजिक संरचनामा मात्र होइन, राजनाीतिक संरचनामा पनि उत्तिकै प्रभाव पारेको छ। आधा आकाश ओगटेका महिलालाई हरेक दलभित्र ३३ प्रतिशत सहभागी गराइने भनिए पनि पूरा हुन सकेको छैन। पार्टीको तल्लो तहमै ३३ प्रतिशत महिला सहभागिता छैन भने जिल्ला कमिटी, अञ्चल कमिटी र केन्द्रमा खोजेर कहा पाइन्छ रु त्यसैले तल्लो तहबाटै महिला सहभागिता बढाउन आवश्यक छ। अहिले पनि पार्टी कमिटीमा महिलालाई मुख्य जिम्मेवारी दिन कन्जुस्याइँ गरिन्छ।पितृसत्तात्मक चिन्तनको जरो उखेलेर फाल्न नसक्दासम्म हामी अभियान र कार्यक्रममा सीमित हुनेछौं। हामीकहाँ पितृसत्तात्मक चिन्तनको जरो उखेल्ने क्रममा पुरुषहरूको खुबै सत्तोसराप र विरोध गर्ने चलन चलिआएको छ।

महिला हिंसा कम गर्न के गर्नुपर्छ  ?

ज्ञ।राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताकाआधारमागरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । त्यसै भएर आज भोलि घरेलु हिंसाका कारणहोस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ ।आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिकलगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाटमहिलाहरू वन्चित छन् ।महिलाको मानव अधिकारको उल्लङ्घनको प्रमुख विषय महिला माथिको हिंसा पनि हो। त्यसमापनि दाइजोप्रथाका कारण महिलामाथि अत्यधिक हिंसा हुने गर्दछ । तराईमा त परम्परा र लोकलाजका कारण धेरैजसोदाइजोका नाममा हुने हिंसाका घटना त सार्वजनिक नै हुँदैनन् । घटना सार्वजनिक गर्दा महिलाले थप मानसिकतथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सृजना हुने हुँदा दहेजका कारण हुने हिंसाका घटना बाहिर आउँदैनन्।दाइजोको कारण परिवारबाट हिंसाको शिकार बन्नुपर्दा महिलाले ज्यानै गुमाएका घटनाहरू पनि बेला बखतमासार्वजनिक हुने गरेको छ । घर निकाला गरिनु, जीउँदै जलाउने प्रयत्न गरिनु र घरपरिवारबाट शारीरिक तथामानसीक यातनाको शिकारबन्नु हिंसा पीडित महिलाको नियति बन्ने गरेको छ। सन २०१० को शुरूको तीनमहिनामा सप्तरी जिल्लामा तीन जना महिलाको हत्या भयो। त्यसमध्ये दुई जना महिला त दाइजोकै कारणपतिद्वारा मारिएका छन् ।आधुनिक विज्ञानको विकाशसँगै नयाँ पुस्तामा आएको सचेनताका कारण यसलाई थोरै चिर्न खोजिए पनिपरम्परागत मान्यता र अन्धविश्वासका कारण सदियौँदेखि जरा गाडेर रहेको बोक्सी प्रथा समाजमा अद्यावधिकायमै छ । बोक्सीको आरोपमा महिलामाथि हुने ज्यादतीका घटना मानवअधिकार आन्दोलनकालागि समेतचुनौती बन्ने गरेको छ ।पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँदेखि विभेदको शिकार हुँदै आएका नेपाली महिलाउपर हुनेज्यादतीकोक्रममा प्रयोग हुने शब्द हो बोक्सी । केही अपवाद बाहेक कुनै पनि पुरूषलाई बोक्सी भनिँदैन। बोक्सीको आरोपलाग्ने हरू प्रायः गरीब, दलित, असहाय, बृद्धहरू रहने गरेका छन्। अझ एकल महिलाहरू यसको बढी शिकारहुन्छन् । अर्थात आर्थिक रूपले विपन्न त्यसमापनि एकलमहिलाहरू बोक्सीको आरोपमा प्रताडित हुने गरेको छन्। रूपले सुन्दर, पढेलेखेका, र सम्भ्रान्त परिवारका कुनैपनि महिलालाई बोक्सी भनिएको एउटा पनि उदाहरण छैन।समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् र महिलामाथि हुनेहिंसाका घटनामा कमी आउन सकेको छैन। महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापितगरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टोप्रथा, बाल तथा अनमेल बिबाह प्रथाको अन्त्यगरिनुपर्छ। त्यसका लागि महिला हिंसा विरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडाकारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कमगर्न सकिन्छ ।

नेपाली महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको छ। आधा आकाश ओगट्ने महिला भनिए पनिअधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमानलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन। घरको काममा अल्झाई राख्ने, वस्तुभाउहेर्न पठाउने गर्नाले पुरूषको तुलनामा महिला अशिक्षित छन्। अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार रअस्तित्ववाट विमुख हुनु परेको छ। शिक्षा र स्वास्थ्यमा छोरा सरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन्।हिंसा घरैबाट उत्पन्न हुने गरेको छ। यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ। महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ।पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाईजो नल्याएका कारण यातनासहनु परेको उदाहरण थुप्रै भइसकेका छन् । बोक्सीको आरोप लगाएर घर निकाला गरेका घटना मोरङकामहिलाले सहने गरेका छन्। बालविवाह, बहुबिवाह, देहव्यपार, गरीबी, बेरोजगारी, चेलीबेटी बेचविखन रओसारपसार, यौन शोषणलगायतका हिंसाले यहाँको समाज अछुतो रहेको छैन। हिंसाका विरूद्ध जवसम्मप्रभावकारी कानून लागू हुँदैन तबसम्म न्याय र मुक्ति मिल्दैन ।राज्यको संरचनाले नै महिलाहरूको सही रन्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरूष प्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडि आउननसकेको हो ।दोहोरो जिम्मेवारी बहन गर्ने महिलाको अधिकारलाई मानवअधिकारका रूपमा सुनिश्चित गर्न सकेहिंसा स्वतःनिर्मुल हुन्छ भन्न दुईमत छैन । महिलाले पनि आफुलाई साँघुरो घेरा भित्र राख्न खोज्नु हुन्न । हजारौँ। वर्षौसामन्ती विचार र संस्कृतिले लादेको पितृसत्तात्मक सोचको दिमाग परिवर्तन गराउन महिलाहरू पनि एक हुनुजरूरी छ। नेपालको बर्तमान संविधान २०ठद्द को मौलिक हक अर्न्तगत धारा घड ले महिलाको हकमा कुनैपनिमहिला विरूद्ध शारिरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्यकानूनद्वारा दण्डनीय हुनेछ भनी उल्लेख गरिएको छ।

 

 

प्रकाशित : २०७९ फागुन १७ गते १५:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI