No ads found for this position

यूएईलाई हराउदैँ नेपाल यु-१९ विश्वकपमा छनौट

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १८ गते १८:०४
No ads found for this position
यूएईलाई हराउदैँ नेपाल यु-१९ विश्वकपमा छनौट
No ads found for this position

कावासोती । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

प्रकाशित : २०७९ फागुन १८ गते १८:०४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI