विकासका लागि तिनै तहको सरकार बिच सहकार्य आवश्यक : सांसद कार्की

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १९ गते १८:५४
विकासका लागि तिनै तहको सरकार बिच सहकार्य आवश्यक : सांसद कार्की

मध्यबिन्दु
सांसद बिष्णु कुमार कार्किले विकासका लागि तिनै तहका सरकार बिच सहकार्य आवश्यक रहेको बताएका छन । नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु चोरमाराको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै नवलपुर २ बाट निर्वाचित सांसद कार्कीले तिनै तहका सरकारले प्राथमिकताका आधारमा निति तथा कार्यक्रम ल्याउनुपर्ने बताउँदै विकासका लागि तिनै तहका सरकार बिच सहकार्य आवश्यक रहेको बताएका हुन ।
शैक्षिक लगाएत अन्य सामाजिक संघ संस्थामा राजनैतिक ढंगले नसोची एकता र सहमतिको सुत्रमा अगाडि बढ्नुपर्ने बताएका कार्कीले समाज रुपान्तरणको सन्दर्भमा आफू सबै क्षेत्रका अगुवा संग छलफलका लागि तयार रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्किले देश चरम आर्थिक संकटमा रहेकाले तिनै तहका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकको आधी रकम राज्यलाई फिर्ता गर्नुपर्ने बताएका थिए ।
नवजागरण बहुमुखी क्याम्पसको प्रधान संरक्षक समेत रहेका सांसद कार्कीले समाजका सबै बिचार समुहलाई जोडेर प्राबिधिक शिक्षा संचालनमा जोड दिन क्याम्पस प्रशासनलाई सुझाए ।

क्याम्पस संचालक समितिका अध्यक्ष चन्द्र बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसका चन्दादाता र विभिन्न प्रतिस्पर्धामा सहभागी बिध्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रकाशित : २०७९ फागुन १९ गते १८:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI