उपराष्ट्रपति निर्वाचन : आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २७ गते ८:१५
उपराष्ट्रपति निर्वाचन : आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

काठमाडौँ- राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।

जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ ।

आज बिहान ९ बजेदेखि २ बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुटयाएको हो । आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ ।

यसैगरी आज उपराष्ट्रपति पदमा मनोनयन पत्र दर्ता भएको सूचना जारी गर्नेदेखि उम्मेदवारको नाम सार्वजनिक गर्ने दावी विरोध गर्नेसम्मको कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

 

प्रकाशित : २०७९ फागुन २७ गते ८:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI