घरेलु मैदानमा नेपालको आज यूएईसँग प्रतिस्पर्धा गर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २८ गते ७:३६
घरेलु मैदानमा नेपालको आज यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९ः३० बजे देखी सुरु हुने खेलमा नेपालले यूएसँगै प्रतिस्पर्धा गर्न लागेको हो ।

शृङ्खला अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा जित निकालेको थियो । यूएई पराजित भएको थियो ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।

विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएई बाँकी तीन खेल जितेर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न चाहन्छ ।

प्रकाशित : २०७९ फागुन २८ गते ७:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI