No ads found for this position

युएईविरूद्ध ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेञ्चमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २८ गते ९:२५
No ads found for this position
युएईविरूद्ध ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेञ्चमा
No ads found for this position

काठमाडौं । क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (आइतबार) बिहान युएईविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले पहिले ब्याटिङ रोजेको हो । गत बिहीबार आसिफ शेखको शतकमा नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो ।

नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेञ्चमा राखेको छ । ललितनारायण राजवंशी र गुलशन झालाई टोलीमा समेटेको छ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित यो शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ११ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ५ पटक र यूएई ६ पटक विजयी भएको छ । कीर्तिपुर मैदानमा भएका तीन खेलमा नेपालले २ वटामा जितेको छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अङ्ककासाथ पाँचौँ स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्कका साथ चौथो स्थानमा छ । नेपालले आजको खेलमा यूएईलाई हराउँदा ३६ अङ्कका साथ चौथो स्थानमा उक्लिनेछ ।

आज जितेमा बाँकी दुई खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता कायम हुनेछ । यूएईको ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अङ्क छ । यूएई छैटौँ स्थानमा छ । नेपाललाई सोझै विश्व कप छनोट खेल्न भने बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । यूएई शीर्ष तीनबाट बाहिरिएको छ । यो शृङ्खला क्रिकेट लिग–२ को अन्तिम शृङ्खला हो । नेपालले भोलि पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्ने छ ।

प्रकाशित : २०७९ फागुन २८ गते ९:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI