रोहितको अर्धशतकमा नेपालले दियो युएईलाई २४९ रनको लक्ष्य

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २८ गते १३:१८
रोहितको अर्धशतकमा नेपालले दियो युएईलाई २४९ रनको लक्ष्य

कावासोती । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले युनाइटेड अरब इमरेट्स (युएई) लाई २४९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा महत्वपूर्ण ७७ रन बनाए । उनले ९ चौका प्रहार गरे ।

आरिफ शेखले ४३ रन, भिम सार्कीले २९ रन, कुशल मल्लले ९ रन तथा कुशल भुर्तेल ८ रन बनाए । आशिफ शेख शून्य रनमै पभेलियन फर्किए ।

गुल्सन झाले ३७ रन तथा दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । सन्दीप लामिछानेले २ रन जोडे ।

युएईका लागि जावर फरिद, जाहुर खान, रोहन मुस्तफा र आयान अफजल खानले समान २-२ तथा आर्यन लाकरा र जुनैद सिद्दिकीले एक-एक विकेट लिए ।

 

प्रकाशित : २०७९ फागुन २८ गते १३:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI