एकदिवसीय क्रिकेट : नेपाल वरियतामा तीन स्थानमाथि उक्लियो

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत १ गते ९:३७
एकदिवसीय क्रिकेट : नेपाल वरियतामा तीन स्थानमाथि उक्लियो

कावासोती । नेपालले एक दिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरियतामा तीन स्थान सुधार गरेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरियतामा तीन स्थान सुधार गर्दै १६औँ स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार राती सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथि उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।

जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औँ, अमेरिका १८औँ, यूएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथि अर्थात् १५ औँ स्थानमा छ।

नयाँ ओडिआई वरियतामा भारत शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो स्थानमा छ।

प्रकाशित : २०७९ चैत १ गते ९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI