गैंडाकोटको एसपीएम कलेजमा नेविसंघको प्यानल विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत २ गते १८:२७
गैंडाकोटको एसपीएम कलेजमा नेविसंघको प्यानल विजयी

गैंडाकोट । गैंडाकोटमा रहेको एसपीएम कलेजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको प्यानल निर्वाचित भएको छ । निर्वाचन संयोजक शिवजी अधिकारीका अनुसार स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदवारको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको बताए । ११ सदस्य रहेको स्ववियुमा नेविसंघका तर्फबाट मात्र उम्मेदवारी परेका कारण निर्विरोध घोषणा गरिएको अधिकारीले बताए  ।

अधिकारीका अनुसार स्ववियु सभापतिमा विज्ञान न्यौपानेसहित ११ जनाको कार्यसमिति चयन भएको छ । त्यहाँ १ सय ६९ जना (विद्यार्थी) मतदाता छन् ।

प्रजातन्त्र सेनानी दिवंगत सूर्यभक्त अधिकारी र उनकी पत्नी पतानादेवी अधिकारीको स्मृतिमा उनका छोराहरुले स्थापना गरेको कलेज हो, एसपीएम कलेज । यहाँ स्नातकसम्म अध्ययन, अध्यापन हुँदै आएको छ ।

प्रकाशित : २०७९ चैत २ गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI