No ads found for this position

कुमारवर्ती बहुमुखी क्याम्पसमा वातावरण र विकासका विषयमा खुला छलफल

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत १० गते १७:५४
No ads found for this position
कुमारवर्ती बहुमुखी क्याम्पसमा वातावरण र विकासका विषयमा खुला छलफल
No ads found for this position

यामु कुमाल

नवलपुरको कुमारवर्ती बहुमुखी क्याम्पसमा वातावरण र विकासका विषयमा खुला छलफल सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम कावासोती रहेको क्याम्पसले ग्रामीण विकास , समाजशास्त्र, सामाजिक अध्ययन , लगायतका विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त छलफल कार्यक्रम आयोजना गरिएको थियो  ।

कार्यक्रममा स्थानिय तहमा निति निर्माण , योजना , वातावरणमैत्री विकास , कार्यान्वय, प्रभावकारी अनुगमन र मूल्याकनका विषयमा खुला छलफल गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले विद्यार्थीहरुलाई विश्वभर अहिले वातावरण र विकास साझा चुनौतीका रुपमा रहेको बताउनुभयो ।

 

कार्यक्रम वातावरण पत्रकार मञ्च नवलपुर र कुमारवर्ती बहुमुखी क्याम्पस मानविकी संकायको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा वातावारण पत्रकार मञ्चका अध्यक्ष शालिकराम कोइराला, प्रमख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, पूर्व न्यायाधीश ऋषि  अधिकारी, कुमारवर्ती बहुमुखी क्याम्पसका प्रमुख गुरुप्रसाद सुवेदी , मानविकी संकायका प्रमुख जेवी सुनार , व्यवस्थापन संकायका प्रमुख विष्णु न्यौपाने, शिक्षा संकायका ईश्वर चापागाइ, स्वतन्त्र विद्यार्थी यूनियन कुमारवर्ती बहुमुखी क्याम्पसका सभापति सुदिप चापागाई लगायत विद्यार्थीहरुको उपस्थिति  रहेको थियो ।

प्रकाशित : २०७९ चैत १० गते १७:५४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI